back

गोल्यान समूहले रामेछापमा उत्पादित तरकारी र कृषिउपजको बजारीकरण गर्ने, ८० लाख एनआरएनहरुलाई पुर्याउने योजना

रामेछाप गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रा.लि. जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा गाउँपालिका भित्र उत्पादित तरकारी कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका भित्र उत्पादित कृषिउपचलाई खरिद गरी गोल्यान समूहअन्तर्गतको जनता एग्रो एण्ड फरेष्ट्री माटो ब्राण्डमार्फत बजारीकरण गर्ने भएको हो

गोकुलगंगाको कृषि उत्पादनमा वृद्धि गर्ने किसानहरुलाई व्यवसायी कृषिमा लगाएर पालिकामा उत्पादन भएको कृषिउपज वस्तु खरिदगरी बजारको सुनिश्चितता गर्ने भएको

गोकुलगंगा गाउँपालिका कृषि उत्पादनमा ठूलो सम्भावना देखिएकाले जनता एग्रोले उक्त पालिकाबाट पहाडको उत्पादन बजारीकरणगरी विदेशसम्म निर्यात गर्ने वातावरण बनाउन लागिएको कम्पनीले बताएको

जनता एग्रो एण्ड फरेष्ट्री माटो ब्राण्डले आगामी वर्षमा ५० हजार किसानसँग जोडिने उद्देश्यका साथ गोकुलगंगा पालिकामाकृषिउपज तरकारी,फलफूल लगायतका वस्तु खरिद गरी बजारीकरण गर्ने योजनाका साथ गोकुलगंगा गाउँपालिकाबाट शुरुवात गर्नलागेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले बताउनु भयो

उहाँले गोकुलगंगाको भुगोल,हावापानी किसानहरुको उत्साह देखेर किसानहरुसँग सहकार्य गर्न उत्सुकता बढेको बताउनु भयो

उहाँले यस योजनाअन्तर्गत झापाका केही नगरपालिकामा जोडिसकेको समेत बताउनु भयो उहाँले गोकुलगंगा पहाडी जिल्लामा पहिलोपरीक्षण रहेको भन्दै देखि ४३ सय मिटरको एउटै भुगोल भएकाले कृषिमा धेरै ठूलो सम्भावना देखिएको बताउनु भयो। अध्यक्षगोल्यानले सबै ठाउँमा बाटोको समस्याको कारण पुग्न नसकिए पनि रस्नालुसम्म पुग्दा साना किसान कृषि प्रशोधनको लागि उपयुक्तठाउँ भेटिएको उल्लेख गर्नुभयो

उहाँले पालिकाका किसानहरुलाई केके उत्पादन गर्ने भन्नेकुरा क्यालेण्डर बनाएर दिने किसानले उत्पादन गरेका सबै उत्पादन खरिद गरीबजारीकरण तथा विदेश निर्यात गर्ने बताउनु भयो उहाँले गोकुलगंगाका किसानलाई कृषि खेतीका लागि आवश्यक कृषिकर्जाकालागि  सहजीकरण समेत गरिदिने योजना रहेको बताउनु भयो उहाँले गोकुलगंगामा कन्ट्याक्ट फार्मिङ शुरुवात गरी त्यहाँका किसानकोआम्दानी पाँच वर्षमा दोब्बर बनाउने उद्देश्य रहेको बताउनु भयो। उहाँले गोकुलगंगाको उत्पादनलाई काठमाडौंमा मात्रै नभएर विश्वभररहेका ८० लाख एनआरएनहरुलाई पु¥याउने योजना रहेको बताउनु भयो उहाँले गोल्यान समूहले गोल्यान एग्रो प्रा.लि.मार्फत माटोब्राण्ड अगाडि नै स्थापित रहेको भन्दै अहिले अर्गानी ब्राण्ड आशापुरी समेत जोडेर जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड सञ्चालनमाल्याएको बताउनु भयो

त्यस्तै,गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले गोकुलगंगामा उत्पादन हुनसक्ने कृषिको सम्भावना किसान पहिचानगरी कार्यविधि बनाएर अगाडि बढ्ने बताउनु भयो उहाँले पालिकाको सबैभन्दा ठूलो सम्भावना कृषि रहेकाले पालिकाले पनि कृषिमाप्राथमिकता दिएको बताउनु भयो उहाँले पालिकाका किसानहरुको आम्दानीको स्रोत बनाउने उत्पादित सामग्री खरिद गरिने कुरामापालिका सकारात्मक रहेको भन्दै गोल्यान एग्रो प्रा.लि.सँग सहकार्य गर्न सकिने बताउनु भयो

अध्यक्ष खड्काले गाउँपालिका आफैँले पालिकामा उत्पादित कृषि सामग्री राख्नको लागि कोल्ड स्टोर बनाउने योजना रहेको भएपनिस्टोर सञ्चालनमा समस्या रहेको बताउनु भयो उहाँले पाँच वर्षको कार्यकालमा पालिकामा कृषि,सडक,शिक्षा क्षेत्रमा विकास समृद्धिल्याउने गरी काम गरिरहेको बताउनु भयो


Kageshwori manohara
चाइना ट्रेडको अध्यक्षमा श्रेष्ठ चयन

चाइना ट्रेडको अध्यक्षमा श्रेष्ठ चयन

वि.सं.२०८० मंसिर ७ बिहीवार १८:२५

काठमाडौँ । चाइना ट्रेड बहुउद्देस्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ...

रिब्दिकोट गाउँपालिकाले एक हल गोरु पाल्नेलाई प्रोत्साहन भत्ता दिने

रिब्दिकोट गाउँपालिकाले एक हल गोरु पाल्नेलाई प्रोत्साहन भत्ता दिने

वि.सं.२०८० असार २१ बिहीवार १०:२९

काठमाडौं । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई...

कृषकलाई मौरीसहितको घार वितरण

कृषकलाई मौरीसहितको घार वितरण

वि.सं.२०८० जेठ २४ बुधवार १०:४८

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई...

सहकारीको स्वनियमन नारामा मात्रै सिमित नहोस् : प्रधानमन्त्री प्रचण्ड

सहकारीको स्वनियमन नारामा मात्रै सिमित नहोस् : प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०७९ चैत २३ बिहीवार २२:२९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा...

काठमाडौंमा तेश्रो राष्ट्रिय महासम्मेलन हुँदै : ८०० बढी सहकारी सहभागी हुने

काठमाडौंमा तेश्रो राष्ट्रिय महासम्मेलन हुँदै : ८०० बढी सहकारी सहभागी हुने

वि.सं.२०७९ चैत २१ मंगलवार २३:२४

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तीन दिने तेश्रो राष्ट्रिय महासम्मेलन...