back

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन, कहाँ कहाँ छन् बिक्री केन्द्र ?

सरकारलेखाद्य व्यापार कम्पनीलाई रु दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।

काठमाडौँ सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनेउद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर गतेसम्मसहुलियत पसल सञ्चालन गर्नेछन्  

उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्तापसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको

यस्ता पसलबाट बजार मूल्य नियन्त्रण गुणस्तरीयता कायम गरी सरल, सहज सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारलेराखेको

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालनगर्दै आएको

सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साल्ट ट्रेडिङ कर्पोरेसनतथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउनलागेको हो

ती कम्पनीका काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ

राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुमपूर्व रुकुमपश्चिममासुपथ पसल सञ्चालन हुनेछ  

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल रहनेछन् खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनगर्ने तयारी गरेका प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन्  

कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो,   सबै प्रकारका तेलमाप्रतिकिलो÷प्रतिलिटर रु सात तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो खसीबोकामा प्रतिकिलो रु १० छुट पाउनेछन् उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्नउपलब्ध हुनेछ  

खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ कम्पनीले थापाथालीस्थित बागमती प्रादेशिककार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारलेखाद्य व्यापार कम्पनीलाई रु दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको  

यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौँ उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर सिफलसहित देशभरकाकार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले रु एक करोडछुट्याएको साल्ट ट्रेडिङले चिनी प्रतिकिलो रु ९७ मा बिक्री गर्नेछ

साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो२०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ


Kageshwori manohara
नेपाल किन समृद्ध हुन सकेन ?

नेपाल किन समृद्ध हुन सकेन ?

वि.सं.२०८० मंसिर २२ शुक्रवार १३:१०

देशलाई हाम्रा नेतृत्वहरुले कृत्रिम गरिबीमा राखिराखेको अवस्था हो । विश्वका...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:५७

काठमाडौं । मूल्यबृद्धिलाई नियन्त्रण गर्न भनेर नीतिग ब्याजदरलाई उच्च विन्दुमा...

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

वि.सं.२०८० मंसिर १२ मंगलवार २१:०८

काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई...

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:२३

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो...

अब हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै हुने

अब हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै हुने

वि.सं.२०८० मंसिर ११ सोमवार २०:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति...