back

अग्रीम भुक्तानी नगरेपछि रेल सम्झौता रद्द गर्ने भारतको चेतावनी

nactional life

काठमाडौं । नेपालले सम्झौता अनुरुप २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध नगराएपछि भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।

कोनकाँण रेलवे कर्पोरेसनका प्रमुख मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले नेपाल रेलवे कम्पनीका महाप्रबन्धलाई पत्र लेख्दै चेतावनी दिएका हुन । पत्रमा सम्झौताको उल्लंघन गरेको आरोप लगाईएको छ ।

साथै पत्रमा नेपालले चाँडै रेलसेवा संचालन नगरे सम्झौता रद्द हुने उल्लेख छ । सोही पत्र प्राप्त गरेकै दिनमा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।
कोनकाँण कम्पनीले दुईवर्षअघि नै रेल सेवा संचालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोनकाँणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो ।

सोहीअनुसार नेपालले उक्त भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा संचालन गर्न सम्झौता गरेको थियो । सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको र रेल पनि आइसकेको भएपनि नेपालले भुक्तानी गर्न नसक्दा कम्पनीले दुःख पनि व्यक्त गरेको छ ।

रेल भित्रिएको एकवर्षसम्म पनि नेपालले रेल नचलाएपछि कोनकण कम्पनीले रेलसेवा संचालन गर्न ताकेता गरेको हो ।

२०७८ साउन २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...