back

ज्योति विकास बैंकको नाफा ३८.१८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । ज्योति विकास बैंकले तेस्रो त्रैमासमा आफ्नो नाफा ३८ दशमलव १८ प्रतिशतले बढाएको छ । बैंकले खुद नाफामा सुधार गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० करोड २५ लाख रुपैयाँ कमाएको हो । जुन गत वर्ष सोही अवधिमा ४३ करोड ६० लाख रुपैयाँ मात्र रहेको थियो । बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

सार्वजनिक विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी भने ६.३२ प्रतिशतले घटेर १ अर्ब १ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, बैंकको सञ्चालन नाफा भने ३८.२४ ले बढेर ८६ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले सोही अवधिमा ६२ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

चैत मसान्तसम्म ज्योतिको निक्षप संकलन ४५ अर्ब ३१ करोड रुपैयाँ र कर्जा प्रवाह ३९ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ८५ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४३ करोड ६९ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत बाट घटेर ०.५८ प्रतिशतमा झरेको छ । यसको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ८९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

वि.सं.२०८३ साउन १७ आइतवार ०८:४१

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...