नेपाल हाइड्रो डेभलपर्सको ३.९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत
वि.सं.२०७८ साउन १२ मंगलवार
काठमाडौँ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ३ लाख ९० हजार कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
नेपाल हाइड्रोले आर्थिक वर्ष २०७६÷७७ का लागि कुल १५.७८९५ प्रतिशत लाभांश जारी गरेको थियो। जसमा १५ प्रतिशत बोनस सेयर र बाँँकी ०.७८९५ प्रतिशत नगद (लाभांश प्रयोजनार्थ) रहेका थिए।
सोही १५ प्रतिशतबराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
२०७८ साउन १२ गते प्रकाशित
प्रकाशित समय : ०६:५५ बजे






















