नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज
वि.सं.२०७८ साउन ११ सोमवार
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकको ‘नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड–२०७८’ को सूचिकरण खारेज भएको छ । नेप्सेका अनुसार कम्पनिको ऋणपत्र साउन १० गतेबाट परिपक्व हुने भएकोले सुचिकरण खारेज भएको हो ।
बैंकले ८ प्रतिशत ब्याजदरमा ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन तथा विक्री गरेको थियो ।
२०७८ साउन ११ गते प्रकाशित
प्रकाशित समय : ०८:३४ बजे






















