back

मुक्तिनाथ विकास बैंकको पौने ९ प्रतिशत ब्याज दिने ऋणपत्र आजबाट बिक्रि खुला

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले १.२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्रि खुला गरेको छ । बैंकर्ले मुक्तिनाथ डिबेन्चर २०८४.८५’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।

बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजर दिने गरि प्रति कित्ता १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गर्न लागेको छ ।

कुल निष्कासन गरिने इकाइमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ५ लाख इकाइ सर्वसाधारणका लागि (सोमध्ये ५ प्रतिशत अर्थात २५ हजार इकाइ ऋणपत्रमध्ये १ हजार ५०० इकाइ ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँडपश्चात बाँकी रहेको ३३ हजार ५०० कित्ता ऋणपत्रसहित) निष्कासन गरिनेछ। बाँकी रहेको २ लाख २५ हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ लाख इकाइसम्म खरिद आवेदन दिन सकिने छ । आवेदन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट दिन सकिनेछ।

ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ११ गते वा ढिलोमा साउन २१ गते हुने भनिएको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

सातवर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत असार ८ गते निष्कासन अनुमति दिएको थियो। यसमा लगानीकर्ताले वार्षिक ८।७५ प्रतिशत ब्याज पाउनेछन्।

२०७८ साउन ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...