back

राष्ट्र बैंकसहित १६ बैंक ह्याक गर्ने चेतावनी, आतंकित नहुन राष्ट्र बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंक सहित नेपालका थप १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गर्ने चेतावनि आएको छ । ह्याकरले केन्द्रिय बैंक तथा अन्य बैंकका अधिकारीलाई ईमेल, म्यासेज तथा फोन गरेर बैंक ह्याक गरी पैसा चोर्ने धम्की आएको हो ।

ह्यकरले केन्द्रिय बैंकका प्रबक्ता ढकाल र सह प्रबक्ता नारायणप्रसाद पौडेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई बैंकिङ्ग सिस्टम ह्याक गर्ने भन्दै धम्किपुर्ण इमेल पठाएको छ । साथै उक्त नोटिसमा ह्याकरले यस कुरालाई मजाकको रुपमा नलिन समेत भनेको छ।

पत्रमा नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की दिइएको छ । ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल एसबीआइ बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकको नाम उल्लेख छ।

यद्यपी केन्द्रीय बैंकले भने यो विषयलाई लिएर आतंकित हुनु नपर्ने जानकारी गराएको छ ।
केन्द्रीय बैंकका प्रवक्ता देव कुमार ढकालले यो फेक म्यासेज भएका कारण यसको पछाडी लाग्नु नपर्ने बताए । उनले भने ‘यो फेक म्यासेज हो, यसको पछाडी लाग्नु कुनै जरुरी छैन । हाम्रा सिस्टमहरु त्यत्ति कमजोर छैनन् ।’ उनले थपे ‘ हामीले सम्पुर्ण सिस्टमहरु चेक पनि गरिसक्यौं। राष्ट्र बैंक लगायत सम्पुर्ण बैंकको सिस्टम निगरानीमा छन् अहिलेसम्म ह्याक गर्न लागेको संकेत देखिएको छैन ।’

२०७८ साउन ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...