back

युनियनको लाइफ इन्स्योरेन्सको आइपीओमा हालसम्मकै बढी आवेदन, बन्यो नयाँ कृतिमान

काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा अहिलेसम्मकै बढी आवेदन परेको छ । यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेर नयाँ कृतिमान कायम भएको हो । आज आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म २१ लाख ५० हजार ४७८ आवेदन परेको सीडीएससीले जनाएको छ। यो हिसाबले यो आईपीओमा परेको आवेदनले यसअघि जीवन विकास लघुवित्तमा परेको आवेदनको रेकर्ड ब्रेक गरेको छ। यसअघि जीवन विकास लघुवित्तमा सर्वाधिक २० लाख ८७ हजार ३१७ आवेदन परेको थियो।

यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।

सीडीएसीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा २१ लाख ५० हजार ४७८ आवेदन बाट ३ करोड ४० लाख १० हजार ८९० कित्ता माग भएको छ। जुन मागभन्दा ५.८५ गुणाले बढी हो।

यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

२०७८ असार २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...