back

कामना सेवा विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गर्न लागेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।
कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच आज एक सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

बैंकले १ हजार अंकित दरका कुल १० लाख इकाइ भएको “९५केएसबीबीएल डिबेन्चेर २०८८” नामक ऋणपत्र जारी गर्नेछ। जका लागि बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको हो।

कामना सेवा राष्ट्रियस्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघसंस्थाहरुमा आबद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न छन्।

ग्राहकलाई समयसापेक्ष उत्कृष्ट सेवासुविधाहरु उपलब्ध गराउँदै आइरहेको बैंकले हाल १२८ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर तथा ७० वटा एटीएममार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ। यसका साथै बैंकले सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

२०७८ असार २८ गते प्रकाशित


यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ २४ बिहीवार १६:४१

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ...

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

वि.सं.२०८१ माघ २४ बिहीवार १६:२१

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ माघ २३ बुधवार ११:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

वि.सं.२०८१ माघ २० आइतवार १७:२४

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ ।...

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

वि.सं.२०८१ माघ २० आइतवार १२:२७

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद...