back

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार शुरु

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडबीच मर्जभई एकिकृत कारोबार शुरु भएको छ ।

बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंकलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति दिएपछि चैत्र १४ गतेबाट एकीकृत कारोबार शुभारम्भ गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष श्री राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।

पुँजीसहित सबै परिसूचकमा सिटिजन्स बैंकले फड्को मारेकाे छ । दुई बैंकबीच सहमति भएअनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

चैत्र १३ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिव १२७ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिव ११३ अर्ब रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल १६६ शाखा भएका छन् ।

उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताए । उनले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गरे ।

त्यसै गरी साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष जीवन प्रसाद ओझाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने बताए ।

संयुक्त कारोबारको शुभारम्भ समारोहमा बोल्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जर पश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु संचनलन गर्ने बताए ।

बंैकको बढ्दो ब्यवसाय, शाखा/सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुन सक्ने जोखिमहरु अध्ययन गरि पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी संभावित हानीलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको बताए ।

बैंकले करिव साढे लाख ग्राहकवर्गलाई वित्तीय सेवा प्रदान गर्दे आएकोमा अबवाट करिव साढे ९ लाख ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ ।

यस प्राप्ति पश्चात सिटिजन्स बैंकको लुम्बिनी प्रदेशमा उपस्थिति झन् दरिलो हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताएका छन् ।

२०६४ बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंकले पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक प्राप्त गरिसकेको छ भने बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गत माघ २८ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...