back
Naima

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ ।

निगमले बिहीबार एक सूचना जारी होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको हो ।

निगमले बजारमा १४.२ किलोग्रामको भरि ग्यास सिलिन्डरको आपूर्ति तथा बिक्री वितरण भइरहेको जनाएको छ । निगमका अनुसार गत असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामका भरि सिलिन्डर बिक्री वितरण हुँदै आएको छ ।

साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको भए पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास पाउन नसकेको गुनासो आएपछि निगमको ध्यानाकर्षण भएको छ ।

निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा कतिपय होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको निगमले जनाएको छ ।

निगमले त्यस्ता प्रतिष्ठानलाई अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण नगर्न तथा पहिले नै मौज्दात राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न गराउन आग्रह गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...

शुक्रबार बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

शुक्रबार बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

वि.सं.२०८३ साउन २८ बिहीवार १४:०२

काठमाडौं । पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले...

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै 

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै 

वि.सं.२०८३ साउन २८ बिहीवार १०:४१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि...

बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२४

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको नाफामा सामान्य...