back
Naima

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

काठमाडौँ । नेपालका लागि एथर स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले काठमाडौँमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा आफ्नो नयाँ मोडल ‘एथर ४५०एक्स ओभरटोन्स’ (Ather 450X Overtones) सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ। प्रदर्शनीमा कम्पनीले नयाँ इलेक्ट्रिक स्कुटरका साथै आधुनिक स्मार्ट राइडिङ प्रविधिहरू र शक्तिशाली ६ किलोवाटको फास्ट चार्जरसमेत प्रदर्शनीमा राखेको छ।

प्रदर्शनीको हल–सी अन्तर्गत स्टल नम्बर सी–२ मा रहेको एथर पेभिलियनमा आगन्तुकहरूले नयाँ ओभरटोन्स सिरिज तथा अन्य अत्याधुनिक प्रविधिहरूको प्रत्यक्ष अनुभव लिन सक्ने व्यवस्था मिलाइएको छ। नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिजले एथरको पर्फर्मेन्स स्कुटर लाइनअपमा एक नवीन डिजाइन शैली प्रस्तुत गरेको छ। कम्पनीले ४५० सिरिजको मसीनो र फ्युचरिस्टिक सिल्हूटलाई यथावत् राख्दै ओभरटोन्स सिरिजमा आकर्षक टोन–अन–टोन डिजाइन थपेको छ, जुन स्टिल ह्वाइट, स्पेस ग्रे र लुनार ग्रे गरी तीन नयाँ रङहरूमा उपलब्ध छ।

नयाँ डिजाइनका साथै कम्पनीले एथरस्ट्याक ७.० द्वारा सञ्चालित ‘भ्वाइस अन एथर’ (Voice on Ather) फिचरसमेत ल्याएको छ। यस प्रविधिमार्फत चालकले ब्लुटुथ हेडसेट वा स्मार्ट हेल्मेटको प्रयोग गरी आवाजकै भरमा गन्तव्य खोज्न, नेभिगेसन सुरु गर्न, नजिकैको चार्जिङ स्टेसन पत्ता लगाउन तथा स्कुटरका विभिन्न सेटिङहरू सहजै नियन्त्रण गर्न सक्नेछन्। यसले गर्दा सवारी चलाउँदा बारम्बार ड्यासबोर्डमा हेर्नुपर्ने बाध्यता हट्ने र यात्रा थप सुरक्षित एवं सहज हुने कम्पनीको विश्वास छ। साथै, एथरका स्कुटरहरूमा म्याजिक ट्विस्ट र इन्फिनिट क्रुज जस्ता आधुनिक सुविधाहरू पनि कायमै राखिएका छन्।

नेपालमा चार्जिङ पूर्वाधारलाई सुदृढ बनाउने उद्देश्यले एथरले नयाँ ६ किलोवाटको फास्ट चार्जर पनि सार्वजनिक गरेको छ। यो चार्जरले मात्र १० मिनेटको चार्जिङमा करिब ३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने क्षमता राख्छ, जसले नेपालमा विद्युतीय सवारी साधनको चार्जिङ व्यवस्थापनलाई थप प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएको छ।

नेपाली बजारमा एथरको ४५० सिरिजको सुरुवाती मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ र रिज्टा सिरिजको सुरुवाती मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकिएको छ। नयाँ ओभरटोन्स सिरिज आजैदेखि सर्वसाधारणका लागि बिक्री खुला भइसकेको कम्पनीले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५०

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ साउन २६ मंगलवार २०:२१

काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको...

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार २०:०४

काठमाडौँ । नेपाली बजारमा टाटा मोटर्सको नयाँ पन्च ईभी फेसलिफ्ट...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

वि.सं.२०८३ साउन २६ मंगलवार १७:११

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो...

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

वि.सं.२०८३ साउन २६ मंगलवार १६:०५

काठमाडौं । नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन...