back
Naima

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले सरकारले निजी क्षेत्रलाई विश्वास नगरेमा निजी क्षेत्रले पनि सरकारलाई विश्वास नगर्ने स्थिति सिर्जना हुने चेतावनी दिएकी छन्।

मंगलबार नाइमाद्वारा आयोजित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले अहिलेको अर्थतन्त्रको प्रमुख समस्या नै सरकार र निजी क्षेत्रबीचको अविश्वास भएको बताइन्। उनले सरकारले वित्तीय अपराध र फौजदारी अभियोगलाई स्पष्ट रूपमा छुट्ट्याउनुपर्नेमा जोड दिँदै कानुनी स्पष्टता र सुरक्षाको अभावमा लगानीकर्ताहरूमा डर र अविश्वास बढेको उल्लेख गरिन्। लगानीकर्तालाई शङ्काको नजरले हेर्नुको सट्टा स्वागत गर्ने संस्कृतिको विकास गर्नुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति निर्माण हुनुपर्ने उनको भनाइ थियो।

नेपाल दुई ठूला अर्थतन्त्र भएका मुलुकहरूको बीचमा रहेकाले धेरै क्षेत्रमा एकैसाथ हात हाल्नुभन्दा तुलनात्मक लाभ र उच्च सम्भावना भएका क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन्। साना र सीमित श्रमशक्तिका कारण नेपालमा ठूला उत्पादनमूलक उद्योगहरूमा ‘इकोनोमी अफ स्केल’ हासिल गर्न कठिन हुने बताउँदै उनले सूचना प्रविधि, पर्यटन, उच्च मूल्यका कृषि बाली र जलविद्युत्मा आधारित नवीन उद्योगहरूमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिइन्।

विशेष गरी सूचना प्रविधि (आईटी) र पर्यटन क्षेत्र नेपालका लागि सबैभन्दा उपयुक्त भएको उल्लेख गर्दै वैद्यले आईटी क्षेत्रमा नेपालसँग राम्रो कार्यशक्ति तयार भइरहेको र यसले युवाहरूलाई उद्यमी बन्न मद्दत पुर्‍याउने बताइन्। त्यसैगरी, पर्यटन क्षेत्रले विदेशी मुद्रा भित्र्याउने र यसमा प्रशासनिक झमेलाहरू कम हुने भएकाले निजी क्षेत्रले पूर्वाधार निर्माण गरी ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सक्ने धारणा व्यक्त गरिन्।

कृषि क्षेत्रको रूपान्तरणबारे बोल्दै उनले परम्परागत खेती छाडेर थोरै जमिनबाट धेरै आम्दानी हुने अन्जिर वा बदाम जस्ता उच्च मूल्यका बालीहरूको व्यावसायिक खेतीतर्फ लाग्नुपर्ने बताइन्। जलविद्युत्का सम्बन्धमा उनले काँचो बिजुली छिमेकी देशलाई बेचेर मात्र चित्त बुझाउन नहुने भन्दै देशभित्रै आन्तरिक खपत बढाउन ‘ग्रीन हाइड्रोजन’ र ‘अमोनिया’ जस्ता नवीन प्रविधिहरू अपनाएर उद्योगहरूलाई ‘डिकार्बोनाइज’ गर्नुपर्नेमा जोड दिइन्।

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ले पुँजीका साथै अन्तर्राष्ट्रिय ज्ञान र प्रविधि भित्र्याउने भएकाले पहिले आन्तरिक लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्ने वैद्यको भनाइ थियो। स्वदेशी लगानीकर्तामा आत्मविश्वास नजागेसम्म विदेशी लगानी आउन कठिन हुने भएकाले सरकारले तत्काल लगानीमैत्री नीतिगत सुधार गर्नुपर्ने र ढिलाइ गरेमा अर्थतन्त्रमा गम्भीर असर पर्ने उनले चेतावनी दिइन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५०

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ साउन २६ मंगलवार २०:२१

काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको...

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार २०:०४

काठमाडौँ । नेपाली बजारमा टाटा मोटर्सको नयाँ पन्च ईभी फेसलिफ्ट...

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

वि.सं.२०८३ साउन २६ मंगलवार १९:४४

काठमाडौँ । नेपालका लागि एथर स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी...

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

वि.सं.२०८३ साउन २६ मंगलवार १८:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै...

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

वि.सं.२०८३ साउन २६ मंगलवार १८:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी...