back
Naima

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएपछि आयोजनालाई आवश्यक ऋण लगानी जुटेको हो। सम्झौताअनुसार आयोजनामा एनएमबि बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्नेछन्। एनएमबि बैंक आयोजनाको नेतृत्वकर्ता बैंक (लिड बैंक) र सानिमा बैंक सहायक बैंकका रूपमा रहनेछन्। दुवै बैंकले गरी आयोजनामा कुल १० अर्ब १ करोड रुपैयाँ लगानी गर्ने भएका छन्।

आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। यसअनुसार आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ८३ लाख रुपैयाँ पर्न आउँछ। कुल लागतमध्ये बैंकबाट प्राप्त हुने ऋणबाहेकको रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ। वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजना निर्माणको काम तत्काल सुरु गर्ने तयारी कम्पनीको छ। निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

माउन्टेन इनर्जीले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना र ५ मेगावाटको ताँदीखोला जलविद्युत आयोजनाबाट नियमित रूपमा विद्युत् उत्पादन भइरहेको जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न

वि.सं.२०८३ साउन २५ सोमवार १६:४३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार,...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

क्रेडिट रेटिङ विवरण सार्वजनिक, कुन बैंकको रेटिङ कस्तो ?

क्रेडिट रेटिङ विवरण सार्वजनिक, कुन बैंकको रेटिङ कस्तो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:२३

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पछिल्ला पाँच आर्थिक...

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३८

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC) ले...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...