back

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्ले लाई रु. ५०,००,००० (पचास लाख रुपैयाँ) दाबी भुक्तानी गरेको छ ।

बीमित श्री हरि प्रसाद काफ्लेले वि.सं. २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क भएको जीवन बीमा गर्नुभएको थियो । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिनुभएको थियो ।

केही समयअघि बीमित श्री हरि प्रसाद काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो । उहाँको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार रु। ५० लाख दाबी रकम भुक्तानी गरेको हो । उक्त दाबी भुक्तानीसँगै निजले रु. ५० लाख बराबरको बीमा शुल्क छुट सुविधा समेत प्राप्त गर्नु भएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको छ। कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहक तथा उहाँका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२०

काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका...

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

वि.सं.२०८३ साउन ११ सोमवार १४:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

वि.सं.२०८३ साउन ११ सोमवार १३:०५

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा...