back

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

काठमाडौं । अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका, २०७९ को पूर्ण कार्यान्वयन सुनिश्चित गर्न माग गर्दै दायर गरिएको सार्वजनिक सरोकारको रिटमा सर्वोच्च अदालतले नेपाल सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) का तर्फबाट वरिष्ठ अधिवक्ता मीरा कुमारी ढुङ्गाना तथा अधिवक्ता दीपेश श्रेष्ठ, नेपाल अपाङ्ग महिला महासंघका अध्यक्ष निर्मला धिताल, नेपाल अपाङ्ग महिला संघका अध्यक्ष मिना पौडेल तथा योशानका कार्यकारी निर्देशक दुर्गा सापकोटासहित रिट निवेदकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सम्बन्धित निकायका नाममा परमादेश जारी गर्न माग गर्दै २०८३ साउन ८ गते सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले २०८३ साउन ११ गते विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

रिटमा अपाङ्गता भएका महिलाले प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवामा समान, सहज र पहुँचयोग्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सरकारले जारी गरेको निर्देशिका, २०७९ को प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयनका लागि अदालतबाट आवश्यक आदेश जारी गर्न माग गरिएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

वि.सं.२०८३ साउन ११ सोमवार १९:५२

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो चौथो रणनीतिक योजना सार्वजनिक गरेको...

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

वि.सं.२०८३ साउन ११ सोमवार १९:४६

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

वि.सं.२०८३ साउन ११ सोमवार १५:४४

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

वि.सं.२०८३ साउन ११ सोमवार १५:३४

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनावमा विराम लागेसँगै...

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

वि.सं.२०८३ साउन ११ सोमवार १५:००

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी...