back

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति पूर्ण रूपमा नियमित रहेकाले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। उपभोक्ताहरूले एकैपटक थप सिलिन्डर भर्न थालेकाले बजारमा अस्थायी अभाव देखिएको सङ्घले स्पष्ट पारेको छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट हुने ग्यासको आयातमा कुनै कमी आएको छैन। “पहिले नेपाल आयल निगमले जति परिमाणमा ग्यास ल्याउँथ्यो, सोही परिमाणमा अहिले पनि नियमित आपूर्ति भइरहेको छ,” अध्यक्ष चन्दले भन्नुभयो, “विगतका तुलनामा दैनिक १०० बुलेटको हाराहारीमा ग्यास आपूर्ति भइरहेको छ। उपभोक्ताहरूले घरमा अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या तुरुन्त समाधान हुन्छ।”

त्यस्तै, एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीले सामान्य अवस्थामा जस्तै नियमित आपूर्ति भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो। आफूहरूले बजार सन्तुलनका लागि भरिएकै सिलिन्डर वितरण गर्न सुझाव दिएको भए पनि कार्यान्वयनमा ढिलाइ हुँदाको प्रभाव बजारमा देखिएको उहाँको भनाइ छ।

सङ्घका अनुसार हाल देशभर करिब १ करोड ५० लाख थान सिलिन्डर रहेका छन्, जसमध्ये ५० लाख सिलिन्डर ग्यास डिपोहरूसँग मौज्दात छन्। नेपालमा हाल ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। सरकारले गत फागुन २८ गतेदेखि बजार व्यवस्थापनका लागि आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

वि.सं.२०८३ साउन ११ सोमवार १५:३४

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनावमा विराम लागेसँगै...

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

वि.सं.२०८३ साउन ११ सोमवार १५:००

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी...

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१७

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला...

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१४

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको...

नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

वि.सं.२०८३ साउन ११ सोमवार १०:५८

काठमाडौं । नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात...

श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल

श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल

वि.सं.२०८३ साउन ११ सोमवार ०९:४१

मुगु । मुगुको सोरु गाउँपालिका–९ स्थित कालै–कुलाहा झोलुङ्गे पुल आठ...