back

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले गरेका हुन् ।

आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दुग्ध तथा दुग्धजन्य उत्पादन सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

विशेषगरी वसन्तपुर डबली क्षेत्रमा खोलिएको यो आउटलेटले स्थानीय बासिन्दासँगै स्वदेशी तथा विदेशी पर्यटकलाई समेत सेवा प्रदान गर्ने लक्ष्य लिएको डिडिसीले जनाएको छ।

उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै महाप्रबन्धक डा. पाण्डेले डिडिसीले उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको बताए । उनका अनुसार साउन महिनाभरि नयाँ अवधारणा र नयाँ मोडेलका साथ सेवा प्रवाह गरिनेछ ।

उनले डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको उल्लेख गर्दै मागलाई सहज रूपमा पूरा गर्न काठमाडौं उपत्यकाभित्र ३० भन्दा बढी स्थानमा सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । साथै निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

डिडिसीले गुणस्तरीय उत्पादनलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै 

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै 

वि.सं.२०८३ साउन ११ सोमवार १४:५२

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२ औँ...

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

वि.सं.२०८३ साउन ११ सोमवार १४:४९

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले...

सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी

सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी

वि.सं.२०८३ साउन ११ सोमवार १३:१९

काठमाडौं । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१४

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

वि.सं.२०८३ साउन ११ सोमवार १३:०८

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन ११ सोमवार ०९:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...