back
himalayan life

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ५ नेरघाटमा बेलीब्रिज निर्माण भएपछि कर्णाली करिडोरमा जोडिएको छ ।

योसँगै बर्षौदेखि तुईन र झोलुङ्गे पुलमार्फत आवातजावत गर्दै आएका स्थानीयबासी बेलिब्रिजको सुविधा उपभोग गर्न पाएका हुन् ।

जसका कारण गाउँमा उत्पादित स्थानीय रैथाने बालीहरूले बजार पाउने साथै आयस्रोत बढ्ने भएकाले स्थानीयबासी खुशी समेत भएका छन् ।

पूर्वाधार विकास कार्यालय मुगुले २०८१ साल असार ४ गते ४ करोड ९४ लाखमा ६० मिटर लम्बाई रहेको पुल ठेक्का आह्वान गरिएको नेरघाट बेलीब्रिज पुल २०८३ असार मसान्तमा सम्पन्न भएको हो ।

अब नेर र ताजा गाउँका १५ सय भन्दा बढी नागरिकहरूले पुलबाट दैनिक आवतजावत गर्न पाउनेछन् ।

पहिला पुल नहुँदा बाबियो (घाँस) को तुइन प्रयोग गर्ने गरिएको र त्यसपछि झोलुङ्गे पुल प्रयोग हुँदै आएको थियो । तर अब बेलीब्रिजले सहज बनाएको स्थानीयको भनाइ छ । अब मानिसदेखि पशु चौपाय ओहोरदोहोर गराउन पनि सहज भएको स्थानीय विरुपक्ष शाहीले बताए ।

बजार पाउनुका साथै स्थानीय नागरिकको आयआर्जनमा पनि यो पुलले सुधार ल्याउने सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

रिडार्क नेपाल प्रालि ललितपुर निर्माण कम्पनीले ठेक्का पाएको उक्त पुल हुम्ला कर्णाली नदी तर्फ पानीको बहाव बढी भएको, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेका कारण निर्माण कार्य केही ढिला भएको थियो ।

पुलबाट मुगुको नेर र ताजा बस्तीका १५ सय भन्दा बढी नागरिकहरूले दैनिक लाभ लिनुका साथै हुम्लाबासीले पनि सेवा लिनसक्ने पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

वि.सं.२०८३ असार ३० मंगलवार १८:०१

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको...

नेपाल र युएनएफपीएबीच रणनीतिक सहकार्य सुदृढ बनाउने प्रतिबद्धता, नवनियुक्त प्रतिनिधिद्वारा प्रमाणपत्र पेस

नेपाल र युएनएफपीएबीच रणनीतिक सहकार्य सुदृढ बनाउने प्रतिबद्धता, नवनियुक्त प्रतिनिधिद्वारा प्रमाणपत्र पेस

वि.सं.२०८३ असार ३० मंगलवार १७:५६

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का नवनियुक्त...

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल

वि.सं.२०८३ असार ३० मंगलवार १७:१०

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार ३० मंगलवार १५:११

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र...

तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ : सांसद समिक्षा बास्कोटा

तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ : सांसद समिक्षा बास्कोटा

वि.सं.२०८३ असार ३० मंगलवार १४:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिक्षा बास्कोटाले नागरिकको...

संसद्‌मा २० मिनेट बसेर निस्किए रवि–बालेन

संसद्‌मा २० मिनेट बसेर निस्किए रवि–बालेन

वि.सं.२०८३ असार ३० मंगलवार १४:५३

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट बसेर प्रधानमन्त्री बालेन...