back
himalayan life

तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ : सांसद समिक्षा बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिक्षा बास्कोटाले नागरिकको पीडा र मृत्युका घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय मात्र नबनाउन आग्रह गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय विभिन्न स्थानमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्रलाई सत्ता पक्ष र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित गर्न नहुने बताइन्।

संसद् आउँदै गर्दा एक आमाले दिएको चिरकट्टो सुनाउँदै भनिन्, ‘तन जलेको कुरा मात्र हुन्छन्, मन जलेका कुरा कहाँ भयो र खोई? तन पछि मात्र जलेको हो हजुर, पहिला जल्ने त मन नै हुन्छ।’

बास्कोटाले नागरिकको ज्यान सुरक्षाको जिम्मेवारी सरकारसँगै प्रतिपक्ष र सबै जनप्रतिनिधिको पनि भएको बताइन्।

‘लोकतन्त्र कुनै दुई ध्रुवबीचको प्रतिस्पर्धा मात्र होइन, यो सबैको सहभागिता, सहमति, असहमति र उत्तरदायित्वको साझा अभ्यास हो,’ उनले भनिन्, ‘हामी सबै जनताका प्रतिनिधि हौँ। जनता प्रतिको उत्तरदायित्व हाम्रो साझा दायित्व हो।’

उनले सरकारको आलोचना प्रतिशोधका लागि नभई सुधारका लागि हुनुपर्ने बताउँदै सत्ता पक्षकै सांसद भएर पनि आवश्यक पर्दा सरकारलाई खबरदारी गर्ने र राम्रो कामको प्रशंसा गर्ने धारणा राखिन्।

देशको अवस्थालाई लामो समयदेखि रिभर्स गियरमा अड्किएको गाडीसँग तुलना गर्दै उनले वर्षौँदेखि कमजोर बनेका संरचना सुधार गर्न समय लाग्ने बताइन्।

‘१०९ दिनमा सरकारले सुशासनको जग हाल्ने प्रयास गरेको छ। वर्षौँ थिलथिलो बनाएको देशको जग मजबुत बनाउन समय लाग्छ, धैर्यता चाहिन्छ,’ उनले भनिन्।

उनले नागरिकको मृत्युका घटनामा राजनीतिक लेप लगाउनुभन्दा भविष्यमा यस्ता घटना दोहोरिन नदिने विषयमा बहस केन्द्रित गर्नुपर्ने बताइन्।

‘बहस आरोप–प्रत्यारोपमा होइन, अब यस्ता घटना नहुन नदिनमा गरौँ,’ बास्कोटाले भनिन्। उनले राज्य र समाजले नागरिकका मौन पीडा र अदृश्य संघर्षलाई बुझ्ने संवेदनशीलता विकास गर्नुपर्नेमा जोड दिइन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

वि.सं.२०८३ असार ३० मंगलवार १८:०३

मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

वि.सं.२०८३ असार ३० मंगलवार १८:०१

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको...

नेपाल र युएनएफपीएबीच रणनीतिक सहकार्य सुदृढ बनाउने प्रतिबद्धता, नवनियुक्त प्रतिनिधिद्वारा प्रमाणपत्र पेस

नेपाल र युएनएफपीएबीच रणनीतिक सहकार्य सुदृढ बनाउने प्रतिबद्धता, नवनियुक्त प्रतिनिधिद्वारा प्रमाणपत्र पेस

वि.सं.२०८३ असार ३० मंगलवार १७:५६

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का नवनियुक्त...

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल

वि.सं.२०८३ असार ३० मंगलवार १७:१०

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार ३० मंगलवार १५:११

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र...

संसद्‌मा २० मिनेट बसेर निस्किए रवि–बालेन

संसद्‌मा २० मिनेट बसेर निस्किए रवि–बालेन

वि.सं.२०८३ असार ३० मंगलवार १४:५३

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट बसेर प्रधानमन्त्री बालेन...