back
himalayan life

रामेछापको लाछेवारमा ठूलो पहिरो : होटल र दुइवट पक्की पुल बगायो, हाइड्रोको ड्यामसाइडमा पनि क्षति

रामेछाप । गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ ।

स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरो पछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रको एउटा होटल पूर्ण रूपमा बगाएको छ ।

यस्तै, दुगड हाइड्रोपावरको ७७ मेगावाट क्षमताको आयोजनाको ड्याम क्षेत्रमा समेत उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

शेर्पाका अनुसार पहिरो तथा अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका दुईवटा मोटरेबल पुल समेत बगाएको छ । पुल र सडकमा क्षति भएसँगै हाल लाछेवार जाने सम्पूर्ण सडक सम्पर्क अवरुद्ध भएको उनले जानकारी दिए ।

घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । सम्बन्धित सरकारी तथा सुरक्षा निकायबाट घटनाबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन ।

अविरल वर्षासँगै पहिरोको जोखिम कायमै रहेकाले स्थानीयवासीलाई सुरक्षित रहन, अत्यावश्यकबाहेक अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचनालाई पछ्याउन आग्रह गरिएको छ । घटनाबारे थप विवरण प्राप्त हुने क्रम जारी छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मधेसमा २० प्रतिशत घरधुरीले मात्र पाउँछन् सुरक्षित खानेपानी  

मधेसमा २० प्रतिशत घरधुरीले मात्र पाउँछन् सुरक्षित खानेपानी  

वि.सं.२०८३ असार २९ सोमवार १९:२५

काठमाडौं । मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनको अवस्था...

मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित क्षेत्रमा चल्यो डोजर

मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित क्षेत्रमा चल्यो डोजर

वि.सं.२०८३ असार २९ सोमवार १२:०४

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी...

मेची राजमार्ग अवरुद्ध : निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित

मेची राजमार्ग अवरुद्ध : निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित

वि.सं.२०८३ असार २९ सोमवार ११:१६

इलाम । पूर्वी पहाडी जिल्लाहरूको मुख्य आर्थिक तथा यातायातको मेरुदण्ड(लाइफलाइन)...

राहदानी विभागले सुरु गर्यो नयाँ प्रणाली, एक करोड नागरिकको विवरण सुरक्षित रूपमा स्थानान्तरण

राहदानी विभागले सुरु गर्यो नयाँ प्रणाली, एक करोड नागरिकको विवरण सुरक्षित रूपमा स्थानान्तरण

वि.सं.२०८३ असार २९ सोमवार ११:१४

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन...

खोसिएको जागिर र बेरोजगारीको पीडा पछि विवेकले रोजे आत्मदाहको बाटो

खोसिएको जागिर र बेरोजगारीको पीडा पछि विवेकले रोजे आत्मदाहको बाटो

वि.सं.२०८३ असार २८ आइतवार १३:२१

सर्लाही । विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका ३५ वर्षीय विवेक...

निजी विद्यालयका चार संगठनद्वारा तीन प्रतिशत समता शिक्षा सेवा शुल्क खारेजीको माग

निजी विद्यालयका चार संगठनद्वारा तीन प्रतिशत समता शिक्षा सेवा शुल्क खारेजीको माग

वि.सं.२०८३ असार २८ आइतवार १३:१७

काठमाडौं । निजी विद्यालयका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष...