back
himalayan life

कमल खेतीले फेरियो पूर्वी चीनको अर्थतन्त्र

काठमाडौं । पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले स्थानीय बासिन्दाका लागि आकर्षक आम्दानीको स्रोत मात्र नभई पर्यटक तान्ने प्रमुख माध्यमसमेत बनेको छ ।

सुजाउका किसानहरू बिहान सबेरैदेखि कमलका ताजा फूल टिपेर स्थानीय बजारमा पु¥याउने गर्छन् । विशेषगरी कृषि कार्य कम हुने मौसममा कमल खेतीले धेरै परिवारलाई अतिरिक्त आम्दानीको अवसर दिएको छ ।

७४ वर्षीय किसान शेङ वेइछ्वानका अनुसार विगतमा करिब ०.७ हेक्टर क्षेत्रफलको कमल पोखरीबाट वार्षिक ३ हजारदेखि ४ हजार ५ सय अमेरिकी डलरसम्म आम्दानी हुनु राम्रो मानिन्थ्यो । अहिले उचित व्यवस्थापन गर्न सके यही क्षेत्रबाट ६ हजारदेखि ७ हजार अमेरिकी डलर वा त्यसभन्दा बढी आम्दानी गर्न सकिने अवस्था सिर्जना भएको छ ।

अर्की किसान लिन सियाओवानले कमलका फूल बिक्री गरेर दैनिक १५० देखि ३०० अमेरिकी डलरसम्म आम्दानी हुने बताइन् । उत्पादन लागत कटाएपछि पनि दैनिक १०० देखि १३० अमेरिकी डलरसम्म बचत हुने उनको भनाइ छ ।

कमलको व्यवसाय केवल खेती र बिक्रीमा सीमित छैन । पर्यटकहरूले डुंगामा सयर गर्दै कमलबाट बनेका परिकार तथा पेय पदार्थको स्वाद लिनुका साथै कमल विषयवस्तुमा आधारित हस्तकलाका सामग्री र स्मरणिका खरिद गर्ने अवसर पनि पाउँछन् । यसले स्थानीय पर्यटन व्यवसायलाई समेत उल्लेखनीय रूपमा चलायमान बनाएको छ ।

नान्जिङबाट घुम्न पुगेकी एक पर्यटकले सुजाउको कमल संस्कृतिको अनुभव लिन आएको बताउँदै करिब ७ अमेरिकी डलरमा कमलको फूलको गुच्छा र १० अमेरिकी डलरमा दुईवटा पेय पदार्थ खरिद गरेको जानकारी दिइन् । उनका अनुसार कमलले भरिएको वातावरण गर्मीयामका लागि निकै आकर्षक र ताजगीपूर्ण अनुभव बनेको छ ।

स्थानीय तथ्यांकअनुसार कमल बजारबाट मात्रै दैनिक करिब ६० हजार अमेरिकी डलर बराबरको कारोबार हुने गरेको छ । सेप्टेम्बरसम्म सञ्चालन हुने यो मौसमी बजारले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको छ । सीसीटीभी

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य सामान्य बढ्यो

सुनको मूल्य सामान्य बढ्यो

वि.सं.२०८३ असार २८ आइतवार १३:१९

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ...

कृषि र डेरी उद्योगका लागि मौद्रिक नीति सकारात्मक : नेपाल डेरी एसोसिएसन 

कृषि र डेरी उद्योगका लागि मौद्रिक नीति सकारात्मक : नेपाल डेरी एसोसिएसन 

वि.सं.२०८३ असार २६ शुक्रवार १३:१७

काठमाडौं । नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको...

२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

वि.सं.२०८३ असार २६ शुक्रवार १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

वि.सं.२०८३ असार २५ बिहीवार ११:३०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ...

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

वि.सं.२०८३ असार २४ बुधवार १७:५०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा...

पब्लिक लिमिटेडमा जाँदै ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता

पब्लिक लिमिटेडमा जाँदै ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता

वि.सं.२०८३ असार २४ बुधवार १७:३८

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईजी सोलार लिमिटेड पब्लिक...