back
himalayan life

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको छ ।

महानगरपालिकाले बुधबार आयोजित २०औँ नगर अधिवेशनमा चालु आवको तुलनामा १६.५५ प्रतिशतले बढी अनुमानित आय–व्यय सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षका लागि महानगरपालिकाले १९औँ नगर अधिवेशनमार्फत तीन अर्ब ६९ करोड १२ लाख ४६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षका लागि भने ४ अर्ब ४२ करोड ३४ लाख ६८ हजार रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ ।

कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न नगर अधिवेशनमा वडा नं. ४ का अध्यक्ष जगत साह कानुले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ५४.३ प्रतिशत, पुँजीगततर्फ ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ १.१ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनका अनुसार चालुतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षमा हालसम्म ५८.५ प्रतिशत बजेट खर्च भएको तथा आर्थिक वर्षको अन्त्यसम्ममा ६५ प्रतिशत खर्च हुने अनुमान रहेको जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटका प्रमुख स्रोतहरूमा संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यवस्थापन गरिने जानकारी दिइयो ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणलाई प्राथमिकता दिइएको छ ।

साथै, स्वरोजगार प्रवद्र्धन, सहर सौन्दर्यीकरण तथा जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरणका लागि विभिन्न कार्यक्रम र योजनाहरू समावेश गरिएका छन्।

कार्यक्रममा कार्यवाहक नगरप्रमुख आलमले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरसफाइ, फोहोर व्यवस्थापन, स्वास्थ्य तथा शिक्षालाई विशेष प्राथमिकता दिइएको बताए ।

उनले खानेपानी संकट समाधान, सिर्सिया खोलाको व्यवस्थापन, पूर्वाधार विकासलाई तीव्रता तथा पर्यटन प्रवद्र्धनलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिए । महानगरलाई व्यवस्थित, स्वच्छ र दिगो विकासको मार्गमा अघि बढाउने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको उनको भनाइ थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

वि.सं.२०८३ असार ९ मंगलवार ११:०८

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...

असार १० गतेदेखि विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

असार १० गतेदेखि विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

वि.सं.२०८३ असार ९ मंगलवार १०:४५

काठमाडौँ । काठमाडौं महानगरपालिकामा पहिलो पटक खोखो प्रतियोगिता हुने भएको...

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख 

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख 

वि.सं.२०८३ असार ८ सोमवार १९:२२

रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १...

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

वि.सं.२०८३ असार ५ शुक्रवार ११:०३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...