back
himalayan life

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि विकास, सम्पदा तथा संस्कृति संरक्षण, सुशासन, सामाजिक समावेशीकरण र दिगो शहरी विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको छ ।

बुधबार बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताएकी छन् ।

उनले सकारात्मक सोचका साथ राम्रा काम र असल अभ्यासको निरन्तरता कायम गर्दै सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका वर्ग, समुदाय र क्षेत्रलाई विकासको मूलधारमा समेट्ने लक्ष्य लिइएको उल्लेख गरिन् ।

बजेटले महानगर र नगरवासीबीचको विश्वास, सम्बन्ध र सामीप्यलाई अझ सुदृढ बनाउने अपेक्षा पनि व्यक्त गरिएको छ ।

महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गठित स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सिफारिसअनुसार आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि महानगरपालिकाले ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

जसमा कुल खर्च ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँ रहेको छ । यसमध्ये चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ छ ।

महानगरका अनुसार २०८३ साल जेठ मसान्तसम्म कुल ३ अर्ब ४३ करोड ७६ लाख ९१ हजार रुपैयाँ अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको छ । जसमध्ये चालुतर्फ ७२ प्रतिशत र पुँजीगततर्फ ४१ प्रतिशत खर्च भएको छ ।

महानगरपालिकाले आगामी वर्षका लागि स्थानीय कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवद्र्धन, स्थानीय स्रोत–साधनको समुचित उपयोग, सार्वजनिक जग्गाको संरक्षण, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन र सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता तथा सुशासन कायम गर्ने लक्ष्य अघि सारेको छ ।

आगामी वर्षको बजेटले संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा शहरी विकास, कला–संस्कृति र सम्पदा संरक्षण, सुलभ स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, सहकारी तथा उद्यम व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, अपाङ्गतामैत्री व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री कार्यक्रम, विपद् व्यवस्थापन, रोजगार प्रवद्र्धन र गरिबी न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको छ ।

यसैगरी निजी क्षेत्र, गैरसरकारी संस्था तथा नागरिक समाजसँग सहकार्य, प्रविधिमैत्री र जवाफदेही सेवा प्रवाह तथा प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य पनि बजेटमा समेटिएको छ ।

बजेट चालु आर्थिक वर्षको बजेटको हाराहारीमा रहेको महानगरले जनाएको छ । महानगरपालिकाले सीमित स्रोत–साधनकाबीच विकास निर्माण, सम्पदा संरक्षण, सेवा प्रवाह सुधार र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

वि.सं.२०८३ असार ९ मंगलवार ११:०८

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...

असार १० गतेदेखि विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

असार १० गतेदेखि विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

वि.सं.२०८३ असार ९ मंगलवार १०:४५

काठमाडौँ । काठमाडौं महानगरपालिकामा पहिलो पटक खोखो प्रतियोगिता हुने भएको...

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख 

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख 

वि.सं.२०८३ असार ८ सोमवार १९:२२

रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १...

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

वि.सं.२०८३ असार ५ शुक्रवार ११:०३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...