back
himalayan life

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो बहुप्रतिक्षित उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘याडेआ किनेस’ नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा.लि मार्फत आयोजित विशेष ‘किनेस अनुभव कार्यक्रम’मा सार्वजनिक गरिएको यो मोटरसाइकलले नेपाली बजारमा प्रदर्शनमुखी इलेक्ट्रिक मोटरसाइकलिङको नयाँ अनुभव प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

दैनिक आवतजावतमा केन्द्रित परम्परागत विद्युतीय दुईपांग्रे सवारीसाधनभन्दा फरक, याडेआ कनिसलाई गति, शक्ति, रोमाञ्चक राइडिङ अनुभव तथा आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीको दाबी छ ।

आधुनिक प्रविधि, उच्च प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरलाई लक्षित गर्दै यो मोटरसाइकल तयार गरिएको हो ।

मोटरसाइकलमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा हासिल गर्न सक्छ भने अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ । यी विशेषताले यसलाई नेपालकै शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलहरूमध्ये एक बनाएको कम्पनीको भनाइ छ ।

नेपालका विभिन्न भूगोल र सडक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको प्भभलभकक ले २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्ने क्षमता राख्छ । यसले कठिन सडकमा पनि भरपर्दो र सहज राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा ४.६ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित बनाएको छ। यसले ब्याट्रीको आयु बढाउनुका साथै सुरक्षित र विश्वसनीय सञ्चालन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

याडेआ कनिसले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ, जसले यसको डिजाइन र प्रविधिगत उत्कृष्टता पुष्टि गर्ने कम्पनीको भनाइ छ ।

यो मोटरसाइकल केवल यातायातको साधन मात्र यो नभई शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव भएको कम्पनिले बताएको छ ।

नेपालमा याडेआ किनेसको अधिकतम खुद्रा मूल्य (एमआरपी) ६ लाख ६० हजार रूपैयाँ तोकिएको छ । उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सन् २००१ मा स्थापना भएको याडेआ हाल १५० भन्दा बढी देश तथा क्षेत्रमा सक्रिय रहेको छ ।

कम्पनीका अनुसार याडेआ लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्डको रूपमा स्थापित रहँदै आएको छ र नेपालको प्रिमियम ईभी बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने लक्ष्य लिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...