back

रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५ पटक मात्र बल छोए

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । डिआर कंगोसँग १–१ गोलको बराबरीमा टुंगिएको खेलमा उनले जम्मा २५ पटक मात्र बल छोएका थिए । यो उनको विश्वकप करिअरकै सबैभन्दा कम सक्रिय प्रदर्शनमध्ये एक मानिएको छ ।

ईएसपीएन एफसीका अनुसार खेलभर रोनाल्डोले तीन पटक गोलपोष्टमा प्रहार गरे पनि कुनै पनि प्रहार लक्ष्यमा पुग्न सकेन । अधिकांश समय डिआर कंगोको रक्षापंक्तिले उनलाई प्रभावहीन बनाइरह्यो । रोनाल्डोको सीमित सहभागिताले पोर्चुगलको आक्रमणमा समेत असर परेको देखियो । विश्व फुटबलका चर्चित फरवार्डका रूपमा चिनिने उनी यस खेलमा विपक्षी रक्षकहरूको कडा निगरानीमा परेपछि प्रभाव जमाउन असफल भएका हुन् ।

खेलको छैटौं मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा डिआर कंगोका योआन विस्साले बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुग्यो । दोस्रो हाफमा पोर्चुगलले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

अन्ततः दुवै टोलीले एक–एक अंक बाँड्दै प्रतियोगिताको सुरुआत गरेका छन् । यस खेलसँगै रोनाल्डो प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार १० खेलसम्म गोल गर्न नसक्ने अवस्थामा पुगेका छन् । यता सन् १९७४ पछि पहिलो पटक विश्वकप खेलिरहेको डिआर कंगोले बलियो प्रतिद्वन्दी पोर्चुगलसँग बराबरी खेल्दै ऐतिहासिक जित हात पारेको छ । एएनआई

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०५

काठमाडौं । पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन...

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

वि.सं.२०८३ साउन १८ सोमवार १४:५८

काठमाडौं ।  तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल...

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

वि.सं.२०८३ साउन १८ सोमवार १४:५५

काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

वि.सं.२०८३ साउन १८ सोमवार १४:५२

रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख...

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

वि.सं.२०८३ साउन १८ सोमवार १४:५०

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज...