back

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

nactional life

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ६.३१ अंक घटेर २७०५.४५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५५ स्टकको ४८ हजार ११६ पटकको कारोबारमा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन दोल्ती पावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ९९ लाख ४५ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिद्धार्थ बैंकको १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम १५ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावटदर ०.५ प्रतिशतभन्दा कम रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

वि.सं.२०८३ असार २ मंगलवार ०८:५३

काठमाडौँ । इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा ऐतिहासिक शान्ति सम्झौता भएसँगै...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...