back

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

nactional life

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि जीर्ण र हिलाम्मे बनेको सडकप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मंगलबार सडकमै धान रोपेर विरोध जनाएका छन् ।

वर्षाको समयमा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांकेतिक विरोधस्वरूप सडकलाई नै खेत बनाएर रोपाइँ गरेका हुन् ।

स्थानीय विजय ओझाले टोलको मुख्य सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि वडा कार्यालयमा मौखिक तथा लिखित रूपमा पटक–पटक अनुरोध गर्दा कुनै पहल नभएको बताए । उनका अनुसार सडकमा हिँडडुल गर्नसमेत कठिन हुने अवस्था छ ।

स्थानीयवासीले सडकमा सामान्य मर्मत गरी केही मिसगिटी हालिदिए पनि तत्काल राहत पुग्ने बताउँदै आएका छन् । तर सम्बन्धित निकायबाट कुनै प्रभावकारी कदम नचालिएपछि सडकमै रोपाइँ गरेर असन्तुष्टि व्यक्त गर्नुपरेको उनीहरूको भनाइ छ ।

स्थानीय खेमकुमारी गौतमले आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकले भोगिरहेको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको बताइन् ।

स्थानीयवासीले सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न वडा कार्यालय र नगरपालिकासँग माग गरेका छन् । उनीहरूले समयमै समस्या समाधान नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

वि.सं.२०८३ असार २ मंगलवार ०८:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

वि.सं.२०८३ असार १ सोमवार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ...

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

वि.सं.२०८३ असार १ सोमवार १२:४१

इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो...