back

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

nactional life

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो देखा परेको छ ।बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा उक्त चरा भेटिएको हो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले नेपालमा मात्र पाइने दुर्लभ रैथाने काँडेभ्याकुर चरा मधेश प्रदेश क्षेत्रमा पहिलो पटक भेटिएको दाबी गरे ।

उनले समुद्री सतहबाट ४४३ मिटर उचाइमा रहेको वन क्षेत्रमा चराविद् हठन चौधरी र सुजन बरालले चरा अवलोकनका क्रममा सो चरा देखेको जानकारी दिए।

उनका अनुसार यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्र यो चराको अभिलेख रहेको थियो ।

काँडेभ्याकुर चरा कस्तो हुन्छ?

काँडेभ्याकुर नेपालकै विशेष रैथाने चरामध्ये एक हो। यसको शरीर सानोदेखि मध्यम आकारको हुन्छ र सामान्यतया खैरो–खैरो वा हल्का खैरो रङ देखिन्छ। यसको शरीरमा काँडाजस्तो देखिने प्वाँखका कारण नै यसलाई “काँडेभ्याकुर” नाम दिइएको मानिन्छ। यो चरा प्रायः लजालु स्वभावको हुन्छ र धेरै खुला ठाउँमा कम देखिन्छ।

कहाँ बस्छ?

यो चरा मुख्यतः घना झाडी, चुरे क्षेत्रका वन, सुख्खा पात–पतिङ्गर भएको जंगल र कम मानवीय गतिविधि भएका क्षेत्रमा बस्न रुचाउँछ। नेपालका विभिन्न प्रदेशमा यो चरा विशेषगरी मध्यपहाडी तथा चुरे भेगका वन क्षेत्रमा पाइने गरेको अभिलेख छ। यो प्रायः जमिन नजिकै बस्ने र झाडीभित्र लुकेर रहने स्वभावको हुन्छ।

किन दुर्लभ मानिन्छ?

काँडेभ्याकुरलाई दुर्लभ मानिनुका प्रमुख कारणहरू यसको सीमित वितरण क्षेत्र र लुकेको जीवनशैली हुन्। यो चरा नेपालबाहेक अन्य देशमा नपाइने रैथाने प्रजाति मानिन्छ। साथै, वन फँडानी, चुरे क्षेत्रको बासस्थान क्षति र मानव गतिविधिको विस्तारका कारण यसको प्राकृतिक बासस्थान घट्दै गएको मानिन्छ। यसले गर्दा यसको भेट कम हुने र अध्ययन पनि सीमित हुने गरेको छ।

लामो समय देखी  नेपालमा रहेका चरा तथा वन्यजन्तुको खोज तथा फोटोग्राफी गरिरहेका देबेन खरेलका अनुसार मधेश प्रदेशमा यसको नयाँ उपस्थिति फेला पर्नु भनेको चुरे क्षेत्रको वन्यजन्तु विविधता अझै पूर्ण रूपमा अध्ययन नभएको संकेत पनि हो। खरेलले यसको संरक्षणका लागि थप अनुसन्धान र बासस्थान संरक्षण आवश्यक रहेको बताएका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...