back

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

nactional life

नेपालगञ्ज (बाँके) । कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै निक्षेपकर्ताहरूले नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् ।

विगत दुई वर्षदेखि आफ्नो बचत रकम प्राप्त गर्न नसकेका झण्डै तीन सय निक्षेपकर्ताले नेपालगञ्जस्थित बैंकको कार्यालय घेराउ गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा बाँके, बर्दिया र दाङका पीडित निक्षेपकर्ताको सहभागिता रहेको थियो । उनीहरूले आफूहरूको रकम यथाशीघ्र फिर्ता गर्न तथा दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

आन्दोलनमा सहभागी बर्दियाको बाँसगढी निवासी ललिता थापाले आफ्नो संस्थाको २२ लाख रुपैयाँ बैंकमा रोकिएको बताइन् । उनका अनुसार संस्थागत तथा व्यक्तिगत रूपमा रकम जम्मा गरेका सयौँ सेवाग्राही हालसम्म रकम फिर्ता नपाएर समस्यामा परेका छन् ।

पीडितहरूले दिएको जानकारीअनुसार बैंकमा केही व्यक्तिको ८० लाख रुपैयाँदेखि ७ करोड रुपैयाँसम्म निक्षेप रहेको छ । रकम फिर्ता नहुँदा धेरै निक्षेपकर्ता आर्थिक तथा मानसिक समस्यामा परेको उनीहरूको गुनासो छ । पीडितहरूको दाबीअनुसार बैंकले अझै करिब ४ अर्ब ३० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्न बाँकी रहेको छ । हालसम्म बैंकमा ३ अर्ब २० करोड रुपैयाँ हिनामिना भएको उजुरी परेको बताइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ जेठ १८ सोमवार १७:५३

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा...

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार १२:४१

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले...

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...