back
himalayan life

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

काठमाडौं । नेपालले अब रेमिटेन्स–केन्द्रित डायस्पोरा संलग्नताभन्दा अघि बढेर विश्वभर रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव, पेशागत सञ्जाल र प्रतिभालाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क(जीएनपीएन)ले स्ट्यानफोर्ड विश्वविद्यालयमा आयोजना गरेको कार्यक्रममा विशेषगरी डायस्पोरा नलेज ब्रिजेज अर्थात् विश्वभर रहेका नेपाली ज्ञान, सीप, अनुसन्धान, नवप्रवर्तन, पेशागत अनुभव र सञ्जाललाई नेपालको दीर्घकालीन विकाससँग जोड्ने अवधारणामा केन्द्रित थियो ।

उक्त अवधारणाले डायस्पोराको सद्भावना र भावनात्मक सम्बन्धलाई मात्र नभई उनीहरूको व्यावसायिक क्षमता, संस्थागत अनुभव, अनुसन्धान क्षमता, प्रविधि ज्ञान र नेतृत्व सीपलाई नेपालको विकास प्रक्रियामा व्यवस्थित रूपमा परिचालन गर्ने नीति र संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

सो अवसरमा नेपाल पोलिसी इन्स्टिच्युट, एनपीआईका संस्थापक तथा अध्यक्ष डा.खगेन्द्रराज ढकालले प्रमुख वक्ताका रूपमा आफ्नो धारणा राख्दै ‘नेपालको विकासमा डायस्पोराको ज्ञान, सीप र प्रतिभा परिचालन गर्ने नीतिगत रोडम्याप’ विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सान फ्रान्सिस्को बे एरिया तथा अन्य क्षेत्रबाट नेपाली मूलका पेशाकर्मी, प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता, उद्यमी, प्रविधिविज्ञ, विद्यार्थी, सञ्चारकर्मी, नेपालका कन्सुलर कार्यालयका प्रतिनिधि तथा नीति क्षेत्रमा चासो राख्ने सहभागीहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले नेपालस्थित संस्था र डायस्पोराबीच सहकार्यका सम्भावित नीति तथा सुशासन, अनुसन्धान तथा विश्वविद्यालय, नवप्रवर्तन तथा उद्यमशीलता, युवा नेतृत्व तथा मेन्टरसिप, डिजिटल तथा नागरिक संलग्नतालगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै डा. ढकालले भने,‘नेपालसँग पहिले नै गहिरो रूपमा जोडिएको विश्वव्यापी नेपाली समुदाय छ । अबको चुनौती डायस्पोराले नेपाललाई माया गर्छ कि गर्दैन भन्ने होइन; नेपालले त्यो विश्वव्यापी सम्बन्धलाई दीर्घकालीन राष्ट्रिय क्षमतामा रूपान्तरण गर्न सक्ने विश्वसनीय र संरचित प्रणाली निर्माण गर्न सक्छ कि सक्दैन भन्ने हो ।’

‘नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र निर्माण हुने छैन। विश्वभर छरिएका नेपाली डायस्पोराको बुद्धि, सिर्जनशीलता र प्रतिबद्धतालाई नेपालले कति प्रभावकारी रूपमा जोड्न सक्छ भन्ने कुराले पनि नेपालको भविष्य निर्धारण गर्नेछ,’ उनले भने । डा. ढकालले एनपीआई फेलो लिजा महर्जनद्वारा गरिएको हालको प्रारम्भिक डायस्पोरा संलग्नता अध्ययनका निष्कर्षहरू पनि प्रस्तुत गरेका थिए ।

अमेरिका, बेलायत र अस्ट्रेलियाका नेपाली डायस्पोरा समुदायमाथिका अवलोकनलाई उल्लेख गर्दै उनले विश्वव्यापी रूपमा जोडिएका नेपालीहरूमा नेपालका लागि योगदान गर्ने तीव्र इच्छा रहेको भए पनि करिब २० प्रतिशत मात्र अर्थपूर्ण रूपमा संलग्न रहेको र झन्डै ७० प्रतिशतले योगदान गर्न चाहेको तर त्यसका लागि स्पष्ट मार्ग वा संयन्त्र नभएको बताए ।

डा. ढकालले भने,‘यसले हामीलाई ठूलो अवसर रहेको देखाउँछ। मुद्दा डायस्पोराले नेपाललाई माया गर्छ कि गर्दैन भन्ने होइन। वास्तविक चुनौती भनेको सद्भावनालाई अर्थपूर्ण सहकार्य र दीर्घकालीन राष्ट्रिय क्षमतामा रूपान्तरण गर्न सक्ने उचित च्यानल, विश्वसनीय प्लेटफर्म र संस्थागत संयन्त्र छन् कि छैनन् भन्ने हो ।’

डा. ढकालले वर्तमान परराष्ट्रमन्त्री शिशिर खनालले डायस्पोरा ज्ञान नेटवर्कलाई अर्थपूर्ण रूपमा संलग्न गराउने विषयमा गहिरो चासो व्यक्त गर्नुभएको र डायस्पोरा समुदाय स्वयंले कसरी योगदान गर्न र संलग्न हुन चाहन्छ भन्ने विषयमा उनीहरूबाटै प्रत्यक्ष सिफारिस सुन्न इच्छुक रहेको पनि जानकारी दिए ।

उनले भावी डायस्पोरा संलग्नता संयन्त्र दुवै पक्षका लागि लाभदायी सहकार्यका रूपमा डिजाइन हुनुपर्नेमा जोड दिए ।
यस्तो सहकार्यबाट नेपालले विश्वव्यापी नेपाली ज्ञान, सीप र अनुभवबाट लाभ लिन सक्ने र डायस्पोराले पनि आफ्नो पहिचान, विशेषज्ञता र योगदानलाई अर्थपूर्ण रूपमा नेपालसँग जोड्न सक्ने उनको भनाइ थियो ।

सहभागीहरूले नेपालका बृहत्तर राष्ट्रिय विकास आकांक्षा पूरा गर्न डायस्पोरालाई महत्वपूर्ण रणनीतिक साझेदारका रूपमा वर्तमान सरकारले पनि बढ्दो रूपमा स्वीकार गरेको उल्लेख गर्दै अझ संरचित डायस्पोरा संलग्नता नीति ढाँचाको आवश्यकता रहेकोमा बलियो सहमति जनाएका थिए।

कार्यशालाको समापन गर्दै डा. ढकालले जीएनपीएनका प्रतिनिधिहरूलाई एनपीआई–जीएनपीएन संयुक्त पोलिसी टास्क फोर्समा सहभागी हुन आमन्त्रण गरे ।

उक्त कार्यदलले प्रारम्भिक ‘डायस्पोरा नलेज रिक्यापिटलाइजेसन फ्रेमवर्क’ तथा सञ्चालन रोडम्याप विकास गर्ने लक्ष्य राख्नेछ । प्रस्तावित ढाँचाले डायस्पोरा पेशाकर्मी र नेटवर्कहरू, नेपालस्थित संस्था तथा समकक्षीहरू, र सम्बन्धित सरकारी सरोकारवालाहरूलाई संरचित संलग्नता संयन्त्रमार्फत जोड्ने सहकार्यात्मक तथा दुवै पक्षका लागि लाभदायी प्रणालीको परिकल्पना गरेको छ ।

डा. ढकालका अनुसार सञ्चालनसम्बन्धी अवधारणा पत्रको प्रारम्भिक मस्यौदा आगामी दुई साताभित्र तयार गरिनेछ । त्यसपछि संवादलाई क्रमशः विश्वभर रहेका नेपाली ज्ञान नेटवर्क र पेशागत समुदायहरूमा विस्तार गरिनेछ ।

कार्यक्रममा नेपाली मूलका प्रविधि नेतृत्वकर्ता, सञ्चारकर्मी, वित्तीय पेशाकर्मी, प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता, थिंक–ट्यांक प्रतिनिधि, उद्यमी तथा सिलिकन भ्यालीका स्ट्यानफोर्डसँग सम्बद्ध विद्वान् र पेशाकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो ।

आयोजकहरूले स्ट्यानफोर्ड संवाद नेपालले विश्वभर छरिएको नेपाली विज्ञता, ज्ञान, सीप र अनुभवलाई व्यावहारिक, संस्थागत र भविष्य–उन्मुख दृष्टिकोणबाट कसरी अझ राम्रोसँग संलग्न गराउन सक्छ भन्ने विषयमा व्यापक अन्तर्राष्ट्रिय संवादको प्रारम्भ भएको बताएका छन्।

कार्यक्रमको आरम्भ जीएनपीएनका वर्तमान अध्यक्ष निले श्रेष्ठले स्वागत मन्तब्य राख्दै उनले सन् २००६ मा स्थापना भएदेखि जीएनपीएनले गर्दै आएको योगदानबारे चर्चा गर्दै विगत दुई दशकमा जीएनपीएनको प्रमुख संवाद शृंखला ‘जीएनपीएन कुराकानी’ मार्फत बे एरियामा आमन्त्रित विशिष्ट नेता, पेशाकर्मी र सार्वजनिक बौद्धिक व्यक्तित्वहरूको स्मरण गरे ।

जीएनपीएनले नेपालको नीति निर्माण र विकासमा योगदान पु¥याउन सक्ने विद्वान्, विज्ञ तथा पेशाकर्मीहरूलाई समय–समयमा आमन्त्रण गरी यस्तो संवाद कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

डा. ढकाल अमेरिकाको भ्रमणमा रहेको अवसर पारेर स्ट्यानफोर्डमा यो कार्यक्रम आयोजना गरिएको थियो । विगतमा पनि जीएनपीएनले डा. स्वर्णिम वाग्ले, डा. विश्व पौडेल, महावीर पुनलगायतसँग संवाद कार्यक्रम गरिसकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

वि.सं.२०८३ असार २० शनिवार २१:०८

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु...

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

वि.सं.२०८३ असार १७ बुधवार १०:५२

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री...

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

वि.सं.२०८३ असार १ सोमवार १२:५५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले...