back

कमोडिटी एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन अर्थमन्त्री पौडेलको निर्देशन

nactional life

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बस्तु तथा विनिमय बजार सञ्चालको प्रक्रियाअगाडि बढाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । बोर्डले मंगलबार आयोजना गरेको २९ औ वार्षिकोत्सवका अवसरमा पौडेलले अहिलेदेखि नै आवस्यक प्रक्रिया अगाडि बढाउने तर्फ पहल चाल्न अनुरोध गरेका हुन् ।

उनले भने ‘हामी आगामी आर्थिक वर्षको निम्ति प्रस्तुत गरेको बजेटमा बस्तु बिनिमय बजार आरम्भ गर्ने अठोट प्रस्तुत गरेका छौ । यसका निमित्त धितोपत्र बोर्डले अहिलेदेखिनै गृहकार्य गर्ने र समयमै बस्तु विनियम बजारको आरम्भ गर्ने दिशा तर्फ प्रभावकारी कदम चाल्नेछ भन्नेमा अपेक्षा गर्न चाहन्छु ।‘

बस्तु तथा विनियम बजार सञ्चालका लागि ऐन आएको पनि तीन वर्ष वितिसकेको छ तर बोर्डले अहिलेसम्म पनि कमोडिटी एक्सचेन्जको लाइसेन्स दिन सकेको छैन । पौडेलले सोहि एक्सचेन्जको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन संकेत गरेका हुन् । बोर्डले अहलेसम्म दुई पटक कमोडिटी एक्सचेन्जका लागि लाइसेन्स दिने भन्दै प्रस्ताव आह्वान गरिसकेको छ तर सरकारले यसका लागि अनुमति नदिदा बोर्डले प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

धितोपत्र बोर्डले आफ्नो यात्रामा महत्वपुर्ण उपलब्धि हासिल गरेको भन्दै आगामी दिनका लागि पनि पौडेलले शुभकामना व्यक्त गरेका छन् । इतिहासका कमीकमजोरीलाई शिक्षाको रुपमा लिदै आगामी दिनमा थप सफलता हासिल गर्नु पर्ने उनले बताए । उनले भने ‘आगामी दिनमा धितोपत्र बोर्डले भुमिका शसक्त, प्रभाकारी र गतिशिल तुल्याउनका लागि सफलता मिलोस भनेर शुभकामना दिन चाहन्छु ।‘

पछिल्लो समय लगातार बढिरहेको शेयर बजारलाई इङ्गित गर्दै उनले भने ‘पछिल्ला दिनमा पूँजी बजारमा आकर्षण बढिरहेको छ । लगानीकर्ताको संख्या, लगानीकर्ताको आकार पनि बढिरहेको छ । यसलाई मैले सरकारप्रति लगानीकर्ताहरुको विस्वासको अर्थमा बुझेको छु ।‘

आगामी दिनमा लगानीकर्ताहरुको हित संरक्षणका सम्बन्धमा धितोपत्र बोर्डको भुमिका प्रभाकारी हुनु पर्ने उनको तर्क छ । लगानीका दायरा थप विस्तार हुन सकोस उनले भने ‘पूँजी बजारलाई विस्वसनिय बनाउनका लागि कुनै पनि प्रकारका अनियमितता बोर्डले रोक्नुपर्छ ।’ लगानीकर्ताको लगानी सुरक्षित बनाउने तर्फ महत्वपुर्ण भुमिका रहोस भन्दै त्यहि अनुसार अगाडी बढ्न अनुरोध गरेका छन् ।

कार्यक्रममा बोर्डका अध्यक्ष भिष्म राज ढुङ्गानाले पछिल्लो समय बजार सुधार हुँदा सरकारले एकै महिनामा एक अर्ब भन्दा माथिको पूँजी लाभकर प्राप्त गर्न सकेको बताए । उनले भने ‘पूँजीगत लाभकर एक महिनामै एक अर्ब भुक्तानी हुन थालेको छ । सरकारले एक वर्षमा मुस्किलले एक अर्ब रुपैयाँ पूँजीगत लाभकर पाउदै आएकोमा अहिले महिनामै एक अर्ब रुपैयाँ प्राप्त गर्न थालेको छ ।

कार्यक्रममा ढुङ्गानाले धितोपत्र बोर्डले वर्षभरिमा गरेका गतिविधिको चर्चा गरेका थिए । साथै आगामी केहि कार्ययोजना पनि प्रस्तुत गरेका थिए ।

२०७८ जेठ २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...