back
Naima

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी छ । आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको जेठ अन्तिममा परीक्षण (ट्रायल) सम्पन्न गरी साउनदेखि नियमित सञ्चालन सुरु गरिनेछ । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार गरेको स्थलगत अनुगमनका क्रममा आयोजना प्रमुख नेपालले सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनका अनुसार गत वर्ष साउन–भदौमा परेको भारी वर्षाका कारण पश्चिमी छेउमा पहिरो जाँदा टोल बुथ संरचनामा क्षति भएपछि निर्माण तथा सञ्चालनमा ढिलाइ भएको थियो । परामर्शदाता प्रमुख रमेश कोइरालाले कानुनी प्रक्रिया, बन्द–हडताल तथा सञ्चालन मोडालिटी परिवर्तनका कारण पनि ढिलाइ भएको बताए । प्रारम्भमा सडक विभागमार्फत सञ्चालन गर्ने योजना रहे पनि पछि प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्ने निर्णय भएपछि प्रक्रिया मन्त्रिपरिषद्सम्म पुगेको उनले जानकारी दिए ।

आयोजनाको हालसम्मको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ । निर्माण कम्पनीले चाँडै आयोजना सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । सुरुङमार्ग सञ्चालनका लागि चीनको युसिन–एआरटी (संयुक्त) कम्पनीलाई पाँच वर्षका लागि ठेक्का दिइएको छ । आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनका लागि करिब १५० जना जनशक्ति आवश्यक पर्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

वि.सं.२०८३ साउन २७ बुधवार १९:३३

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको सबैभन्दा ठूलो निजी सेवा प्रदायक...

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

वि.सं.२०८३ साउन २७ बुधवार १८:५४

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा...

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

वि.सं.२०८३ साउन २७ बुधवार ११:३४

काठमाडौँ। निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

वि.सं.२०८३ साउन २६ मंगलवार १८:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै...

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

वि.सं.२०८३ साउन २६ मंगलवार १८:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी...