back

कर्णालीमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु, कार्यान्वयनयोग्य योजनामा जोड

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान समिति तथा विभिन्न उपसमिति गठन गरी तथ्याङ्क विश्लेषण र छलफल अघि बढाएको जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णालीको आवश्यकता र मौलिकतामा आधारित, कार्यान्वयनमुखी बजेट ल्याउने तयारी भइरहेको बताए । आन्तरिक स्रोत सीमित भएकाले कार्यान्वयन गर्न सकिने योजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनको भनाइ छ ।

उनका अनुसार प्रदेशको ‘योजना बैंक’ मा समावेश योजनामा मात्रै बजेट विनियोजन गरिनेछ । बजेट निर्माणलाई व्यवस्थित बनाउन मन्त्रालयका सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन गर्ने प्रचलन अनुसार प्रक्रिया अघि बढाइएको छ । मन्त्रालयका प्रवक्ता चेतकुमार तिमिल्सिनाले समितिले आन्तरिक राजस्व अनुमान, स्रोत पहिचान र चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्थाको विश्लेषण गरिरहेको जानकारी दिए ।

मन्त्रालयले सशर्त अनुदानका लागि वैशाख २१ गतेसम्म योजना पेश गर्न सूचना प्रकाशित गरेको छ । स्थानीय तह र लाभग्राही संस्थाले प्रस्ताव पेश गर्न सक्नेछन् । कार्यविधिअनुसार स्थानीय तहले एक करोड रुपैयाँसम्मका ५ वटासम्म योजना पेश गर्न पाउनेछन् भने सार्वजनिक संस्थाले ५० लाख रुपैयाँसम्मका २ वटासम्म योजना पेश गर्न सक्नेछन् । प्रदेश सभाका सांसदहरूले भने २ करोड रुपैयाँसम्मका आयोजना प्रस्ताव गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले १० लाखदेखि ५० लाख रुपैयाँसम्म लागत भएका आयोजनालाई सशर्त अनुदानमार्फत कार्यान्वयन गर्ने नीति लिएको छ । यस्ता आयोजनामा सडक तथा पूर्वाधार विकास, शिक्षा, आधारभूत स्वास्थ्य सेवा, रोजगारी सिर्जना र सामाजिक तथा आर्थिक विभेद न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।

चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोमा चैत मसान्तसम्म ८ अर्ब ३ करोड ६२ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल बजेटको २४.२१ प्रतिशत हो । कम खर्चदरलाई ध्यानमा राख्दै आगामी बजेट निर्माण गरिने अनुमान गरिएको छ ।

आन्तरिक राजस्व न्यून भएकाले कर्णाली प्रदेशको बजेट संरचना अझै पनि अनुदानमा निर्भर रहँदै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

वि.सं.२०८३ साउन ११ सोमवार २२:४४

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

वि.सं.२०८३ साउन ११ सोमवार १४:४०

रामेछाप । रामेछापको सेलेघाटदेखि ओखलढुङ्गाको सिमाना साँघुटारसम्म निर्माणाधीन सडक आयोजना...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...