back

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

nactional life

काठमाडौं । खानेपानी क्षेत्रमा लाग्दै आएको कर, विद्युत महसुल तथा ब्याजदरका विषयमा सरकार सकारात्मक देखिएको संकेत प्राप्त भएको छ।

राष्ट्रिय स्तरमा भएको छलफलपछि सरकारले आवश्यक नीति तथा कानुनी सुधारमार्फत यस क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो।

हालै राष्ट्रिय सानासहारी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ नेपाल को पहलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र खानेपानी मन्त्रालयसँग महत्वपूर्ण बैठक तथा छलफल सम्पन्न भएको थियो।

छलफलमा खानेपानी क्षेत्रमा लगाइएको २५ प्रतिशत कर, विद्युत महसुलमा छुट, ब्याजदरमा कमी तथा विद्यमान ऐन–कानून र नियमावलीमा व्यापक परिमार्जन आवश्यक रहेको विषय प्रमुख रूपमा उठाइएको थियो।

महासंघका प्रतिनिधिहरूले खानेपानी जस्तो आधारभूत र सेवामुखी क्षेत्रमा आयकर लगाउनु उपयुक्त नहुने बताएका छन्। उनीहरूले यस्तो करले उपभोक्तामाथि थप आर्थिक भार पार्ने, सेवा विस्तारमा अवरोध सिर्जना गर्ने र संस्थागत रूपमा खानेपानी सेवा कमजोर बनाउने तर्क राखेका थिए।

विशेषगरी अर्थ मन्त्रालयका उच्च अधिकारीहरू अर्थ सचिव, राजस्व सचिव तथा खानेपानी सचिवले महासंघले उठाएका मुद्दा जायज रहेको स्वीकार गरेका छन्। उनीहरूले खानेपानी क्षेत्रलाई सामाजिक सेवा क्षेत्रका रूपमा हेर्नुपर्ने र यसमा कर तथा आर्थिक भार कम गर्नुपर्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन्।

अधिकारीहरूले आवश्यक नीति तथा कानुनी सुधारमार्फत यी विषय सम्बोधन गरिने विश्वास समेत दिलाएका छन्। ‘तपाईंहरूले उठाउनुभएको मुद्दा उचित छ, सरकार यसलाई सम्बोधन गर्ने दिशामा अघि बढ्छ,’ उनीहरूले भनेका थिए ।

यस छलफललाई खानेपानी उपभोक्ता तथा सरोकारवालाहरूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। आगामी दिनमा कर छुट, विद्युत महसुलमा सहुलियत तथा ब्याजदर घटाउने लगायतका विषयमा ठोस निर्णय आउने अपेक्षा गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...