back
himalayan life

अष्ट्रेलियाबाट अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ । अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड–१९ माहामारी विरुद्द अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिहरुलाई अत्यावस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ल्याईएका सो सामाग्रीहरु नेपालका लागिअष्ट्रेलियली राजदुत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा लाई हस्तान्तरण गरेका छन् ।
उक्त सामाग्रीहरु हस्तान्तरण गर्दै राजदुत वोल्कले भने, “दक्षिण एसियाका मित्रहरुलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रिय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको हो । नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा पुर्याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरु प्रदान गरिएको हो।
क्षेत्रिय देशहरुसंगै अष्ट्रेलियाले स्वास्थ्य सेवा प्रदान गर्न अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिहरुलाई पिपिई लगाएतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गर्न सहकार्य गरिरहेको छ । अष्ट्रेलिया र नेपालको लामो समयदेखि बिपद्का समयमा सहकार्य गर्ने ईतिहास रहेको छ र आजको यो सहयोगले नेपालीहरु प्रति अष्ट्रेलियालीहरुको सद्भाव प्रदर्शन गर्दछ।”
आज ल्याईएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामाग्रीहरु नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेका छन् ।
यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थाहरु मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु लाई प्रदान गरिने तालीमाका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो ।
अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोभिड-१९ बिरुद्दको सुरक्षित र प्रभावकारी खोप ब्यवस्थापन गर्न सहयोग जारी रहेको छ।

२०७८ जेठ २३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...