back

वडा र स्थानीयको प्रयासमा सडक किनार नै बन्यो बगैँचा

रामेछाप । सामूहिक प्रयास गर्यो भने के हुँदैन ? जे पनि हुन्छ । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीयले यो उदाहरण देखाएका छन् ।

वडा कार्यालयको अगुवा र स्थानीयको प्रयासले जिल्ला सदरमुकामबाट गाउँ जाने सडक किनार नै बगैँचा बनेको छ ।

मन्थली–चिसापानी सडकको जखनिटारदेखि चिसापानीसम्मको भागमा वडा कार्यालयको अगुवाइमा स्थानीयले विभिन्न खालका फूल र फलफूलका बिरुवा हुर्काएर बगैँचा जस्तै चिटिक्क बनाएका छन् ।

हरित सडकको अवधारणा अन्तर्गत सडक किनारमा फूल र फलफूलका बिरुवा लगाइएको मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठका अनुसार सडक किनारमा विभिन्न जातका फूलहरूका साथै आँप, लिची लगायतका बिरुवाहरू लगाइएको छ ।

सुक्खा मौसममा अति सुक्खा हुने सो क्षेत्रमा स्थानीयले बोतलबाट पानी हालेर भए पनि बिरुवाहरू हुर्काएका छन् । अहिले अधिकांश फूलका बिरुवाहरू फुल्न लागेका छन् भने । आँपका केही बिरुवा पनि फुलेका छन् । अहिले सो सडकबाट यात्रा गर्दा बगैँचा घुमेजस्तो अनुभूति हुने गर्दछ ।

ती बिरुवा त्यसै हुर्किएका छैनन् । अधिकांश फूलका बिरुवाहरू स्थानीयले बाँसले बारेका छन् । स्थानीयहरू समय मिलाएर बिरुवा गोड्न, मल पानी दिन उर्दी लगाएर नै जान्छन् । बिरुवा संरक्षणको लागि सामूहिक प्रयासमा स्थानीय जुटेका छन् ।

यति गर्दा गर्दै पनि कतिपय बदमासहरूले बिरुवाको बार भत्काइदिने । बिरुवाको मुन्टो नै निमोठेर दुःख दिने गरेका अध्यक्ष श्रेष्ठले गुनासो गरे । त्यसलाई नियन्त्रणको लागि वडा कार्यालयले सूचना नै जारी गरेर त्यस्तो काममा संलग्नको बारे जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गरेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

वि.सं.२०८३ साउन १३ बुधवार १३:२२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका...

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता, साउनदेखि कान्तिपुर र गोरखाको भुक्तानी सुरु

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता, साउनदेखि कान्तिपुर र गोरखाको भुक्तानी सुरु

वि.सं.२०८३ साउन १२ मंगलवार १६:०१

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न...

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:००

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक...

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

वि.सं.२०८३ साउन ११ सोमवार २२:४४

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’ 

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’ 

वि.सं.२०८३ साउन ११ सोमवार १४:५७

काठमाडौं । लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी...