back

अत्यावश्यक ओैषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने

nactional life

काठमाडौँ । नेपाललाई अत्यावश्यक ओैषधिमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘नेपाल फर्मा एक्सपो र ओैषधिमा आत्मनिर्भरता बिषयमा नीतिगत सवाल’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा ललितपुर क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले औषधि महङ्गो भएको कारणले बर्षेनी पाँच लाख जना मानिस गरिवीको रेखामुनी पर्ने गरेको भन्दै प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरिय औषधि पाउनुपर्ने बताउनुभयो ।

उहाँले अव बन्ने सरकारको प्रमुख प्राथमिकता जनताको औषधि उपचार रहेको बताउनुभयो ।

उहाँले औषधि ऐन संशोधन गरेर नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गुणस्तरीय ओैषधि नागरिकको पहुँचमा पुगेको छ कि छैन भनेर पनि हेर्नुपर्ने भन्दै नागरिकको सेवालाई सहज बनाउन काम नगर्ने समितिहरूदाई अब खारेज गरिने समेत बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना  महाशाखा प्रमुख डा. चुमनलाल दासले  औषधि ऐन २०३५ लाई संशोधन गरेर नेपाली औषधि उद्योगमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वास्थ्य बीमा बोर्डबाट प्रदान गरिने सवै औषधि नेपाली औषधि उद्योगबाट उत्पादन भएका लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

“भरसक हाम्रै औषधि उद्योगबाट उत्पादन भएका औषधि बीमा बोर्डबाट विवरण गरिने व्यवस्था गर्नुपर्ने छ” उहाँले भन्नुभयो, “नेपाली औषधिको खपत बढाउने हो भने मुलुकको अर्थतन्त्रमा सुदृढ हुन्छ ।”

राष्ट्रिय ओैषधि प्रयोगशालाका निर्देशक भरतप्रसाद भट्टराईले ओैषधि परामर्श समितिका कारण धेरै समस्या रहेको भन्दै ओैषधिको गुणस्तर प्रत्याभूति गर्न विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको मापदण्डलाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दिगो विकास लक्ष्यमा उल्लेख गरेअनुसार ओैषधि सम्बन्धि नीतिगत व्यवस्था परिवर्तन गरिनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरेर गुणस्तरीयतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रवलजंग पाण्डेले नेपालले नीतिगत सुधार गरेर ओैषधि उद्योगलाई गुणस्तरीय उत्पादनमा प्रेरित गर्नुपर्नेमा जोड दिंदै प्राविधिक सीप र वैदेशिक मुद्रामा कारोबार गर्न सहज बनाइदिने हो भने धेरै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने बताउनुभयो ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा दिपेन्द्र पाण्डेले जेनेरिक ओैषधि उत्पादनका लागि नेपाल सरकारले उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उत्पादनको प्रक्रिया र गुणस्तर परिक्षण गरेर जान सक्दा राम्रो हुने बताउनुभयो।उहाँले देशको अवस्था सुधार हुँदैगर्दा कच्चापदार्थमा कर छुट दिएर नेपाली ओैषधि उत्पादक कम्पनीलाई सहुलियत दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ओैषधि व्यवस्था विभागको प्रमुख ओैषधि व्यवस्थापक शिवानी खड्गीले राजनीतिक स्थायित्वको अभावले स्वदेशी ओैषधि उद्योगमैत्री ओैषधि ऐन बन्न नसकेको बताउँदै नयाँ सरकार बनेसंगै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विभागले स्वदेशी ओैषधि उद्योगलाई प्रोत्साहन गर्न ध्यान दिएर लागि परेको बताउनुभयो।

नेपाल ओैषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले २०३५ सालमा बनेको ओैषधि ऐन नेपालका ओैषधि व्यवसायीको हितमा नभएको भन्दै आयातमुखी ओैषधि ऐनलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो।  उहाँले औषधि ऐन नेपाली औषधिको पक्षमा बन्ने हो भने पाँच बर्षमा मुलुकलाई औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो ।

उहाँले बंगलादेश र भारत ओैषधि उत्पादन गर्ने विश्वका ९८ प्रतिशत भन्दाबढि ओैषधि उत्पादन गर्ने देश भएको बताउँदै नेपाली उद्योगलाई पनि भारत र बंगालादेशका तुलनामा कम मुल्यमा ओैषधि उत्पादन गर्न सरकारले वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो ।

एपोनका पूर्व अध्यक्ष दीपक दाहालले सरकारले नेपाली औषधिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिषा काफ्लेले ओैषधिको गुणस्तरमा ध्यान दिन, स्वास्थ्य क्षेत्रका नीतिगत समस्या समाधानका लागि सर्वपक्षीय छलफलका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...