back
himalayan life

स्वयम्भु शाक्यद्धारा लिखित ‘धर : पौका अभियन्ता प्रा.डा चुन्दा बज्राचार्य’ पुस्तक सार्वजनिक

काठमाण्डौ  । साहित्यकार तथा पुर्ब बैंकर स्वयम्भु शाक्यद्धारा लिखित ‘धर : पौका अभियन्ता प्रा.डा चुन्दा बज्राचार्य’ पुस्तक लोर्कापर्ण गरिएको छ । शनिवार काठमाण्डौकों सितापाईला स्थीत टायम्स इलिमेन्ट्री स्कुलमा आयोजना गरिएको भब्य कार्यक्रमबीच सो पुस्तक लोर्कापण गरिएको हो ।

पुस्तक लोकार्पण कार्यक्रमको प्र्रमुख अतिथिमा नेपालभाषा साहित्यका अग्रणि ब्यक्तित्व, सँस्कृतिवीद एवं बौद्ध विद्धवान सिद्धहस्त वरिष्ठ कवि फणिन्द्ररत्न बज्राचार्य रहनु भएको थियो । कार्यक्रमको अध्यक्षता ‘धर : पौका इतिहास अभिलेखकर्ता, इतिहासकार तथा सँस्कृतिवीद प्रा.डा चुन्द्रा बज्राचार्यले गर्नु भएको थियो ।

अतिथिहरुमा नेपालभाषा साहित्यका वरिष्ठ कवि तथा अनुसन्धाता डा केशबमान शाक्य, वरिष्ठ विद्धवान ब्यक्तित्व शंकरराज भण्डारी, साहित्यकार, भाषावीद् तथा शब्दयात्रा प्रकाशन गृहका अध्यक्ष हरि मञ्जुश्री, साहित्यकार स्वयम्भु शाक्य र लेखक तथा पत्रकार रिसव गौतम रहनु भएको थियो ।


टायम्स स्कुलको प्राङ्गणमा गरिएको सो पुस्तक लोकापर्ण समारोहमा थुप्रै साहित्यप्रेमी, बुद्धिजिवी तथा सँस्कृतिप्रेमी सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फणिन्द्ररत्न बज्राचार्यले स्वयम्भु शाक्यले राम्रो काम गर्नुभएकोमा धन्यवाद दिनु भएको थियो । वायोबृद्ध उमेरका उहाँले आफु अहिले मान्छे समेत चिन्न नसक्ने र बोलेको पनि सुन्न नसक्ने अवस्था रहेको समेत बताए । उहाँले नेपाली भाषामा पहिलो पटक स्वयम्भु शाक्यको पुस्तक ‘धर : पौका अभियन्ता प्रा.डा चुन्दा बज्राचार्य’ माथी भुमिका लेखेको बताउनु भयो । र, भन्नुभयो ’मेरो नेपाली भाषामा अन्तिम भुमिका पनि यही नै हुनेछ’ ।

सो अवसरमा उहाँले विद्धवान लेखक स्वयम्भु शाक्यले प्रा डा चुन्दा बज्राचार्यले प्रकाशन गर्नु भएको र अप्रकाशित ‘धर : पौका’ को गहन अध्ययन अनुसन्धान गरी मल्लकालिन राजाहरुको ऐतिहासिक सामग्री धर : पौका ( मल्कालिन राजाहरुको कृयाकलाप) का ऐतिहासिक साम्रागीहरुको संकलन, सम्पादन, अनुवाद र ब्याख्या गर्ने विज्ञ प्राडा चुन्दा बज्राचार्य पहिलो धर ः पौका अभियन्ता भनी सम्मान गर्नुभएकोमा अभार ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा अतिथिहरु डा केशबमान शाक्य, शंकरराज भण्डारी, हरि मञ्जुश्रीले पुस्तकमाथी टिप्पणी गर्नुभएको थियो । उहाँहरुले स्वयम्भु शाक्यको प्रतिभावान ब्यक्तित्व र लेखनको तारिफ गर्नु भएको थियो । कार्यक्रममा साहित्य, कला, सँस्कृति र पत्रकारितामा कृयाशिल वरिष्ठ कवि डा इन्दुल केसीले पनि पुस्तक माथी बोल्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका ‘धर : पौका अभियन्ता प्रा.डा चुन्दा बज्राचार्य’ पुस्तकका नायक प्रा.डा चुन्दा बज्राचार्यले लेखक शाक्यको कार्यको प्रशंसा गर्दै आफु उहाँको लेखनबाट खुशी भएको बताउनु भयो । उहाँले लेखक शाक्यले पगरी गुथाए जस्तै ‘धर ः पौका अर्थात मल्लकालीन राजाहरुको कृयाकलापहरुको अभिलेख राख्ने, खोज तथा अनुसन्धान गरेर लेख्ने आफु नै पहिलो भएको बताउनु भयो । उहाँले कार्यक्रमबीच धर ः पौका इतिहासको संक्षिप्त बर्णन गर्नु भएको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...