राष्ट्रिय सहकारी नियमन आयोग कर्मचारी केन्द्रीत मात्र भयोः मन्त्री इङ्नाम
वि.सं.२०८२ माघ १४ बुधवार
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले राष्ट्रिय सहकारी नियमन आयोग कर्मचारी केन्द्रीत मात्र भएको टिप्पणी गरेका छन् ।
बुधबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सहकारीमा बेथिति निम्याउने सबै कर्मचारीहरुको छानबीनगरी कारबाही गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री इङ्नामले २०८० साल सम्म सहकारीमा बसेका कर्मचारीहरु सबै अनुसन्धानको घेरामा आउनुपर्ने धारणा पनि राखे । उनले भने,‘२०८० सालमा सहकारीमा बसेका कर्मचारीहरु सबै अनुसन्धानको घेरामा आउनुपर्छ । यो प्रयोजनको लागि आयोग गठन भएको छ । यो अहिले भएको आयोग कर्मचारी केन्द्रीत छ । सहकारी सञ्चालक जति जिम्मेवार हुनुपर्ने हो राज्यलाई बिगार्न नियामक निकाय अझ जिम्मेवार छ । अब सहकारीमा समस्या भन्दा पनि बेथिति निम्याउने जतिपनि कर्मचारीहरु थिए । ति सबैको छानबीन हुन्छ र सबैलाई कारबाही पनि हुन्छ ।’
त्यस्तै उनले समस्या ग्रस्त सहकारी समाधान गर्ने दुई वटा उपाए अघि सार्दै तत्काल यी दुबै कुरा सम्भव नरहेको बताए ।
‘अहिले भएको सहकारीको जुन समस्या छ । यो समस्या ग्रस्त सहकारी समाधान गर्ने जुन समिति छ। यसलाई ठूलो संख्यामा बढाएर जनशक्ति बढाएर ५० वर्ष लगाएर समाधान गर्ने हो अथवा पहिचान लुकाएर बसेका सञ्चालकलाई रेड नोटिस जारी गरेर जहाँ लुकेपनि ल्याएर अशुल गर्ने हो । यो तत्काल दुबै सम्भव देखिएको छैन् । ’ विगत २० वर्षमा बिचौलीयाहरु धेरै सक्रिय भइ राज्यको सम्पति दोहन गरिरहेको उनको भनाई छ ।
प्रकाशित समय : १४:४२ बजे





















