back

भोजपुरका श्रम संस्कृति पार्टीका उम्मेदवार राई भन्छन् ‘ भ्रष्टाचार उन्मूलन नै मेरो प्रमुख एजेण्डा हो’

काठमाडौ। हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीको तर्फबाट भोजपुरबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका ध्रुवराज राईले भ्रष्टाचार उन्मूलन नै आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।

भोजपुरमा प्रतिनिधिसभाको एउटामात्रै निर्वाचन क्षेत्र रहेको छ । २०७४ सालमा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष भएका उनी राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रहेका छन् । गाउँपालिका अध्यक्ष हुँदा गरेका राम्रा कामलाई गाउँवासीले मात्रै नभएर जिल्लावासीले अझै पनि सम्झिइरहेको उनले बताएका छन् । उनले श्रमबाट देश निर्माण गर्न सकिने भएकाले सबैलाई श्रमको अभियानमा लाग्न आग्रह गरेका छन् । ‘हाम्रा पार्टी अध्यक्ष हर्क साम्पाङले पनि आफं श्रम गरेर धरान उपमहानगरपालिकालाई उदाहरणीय बनाउनुभयो, हामी पनि श्रम गरेर नै देश बनाउँछौं’ उनले भने ‘ दलालको हातमा गएको अर्थतन्त्रलाई जोगाउन पनि माटोमा मतदान गर्नुपर्ने बेला भएको छ, देश बचाउने अयिभानमा कसैले पनि सहयोग गर्दिन भन्न मिल्दैन ।’ यो पार्टीको चुनाव चिन्ह माटो रहेको छ ।

उनले नेपाललाई जोगाउन सकेमात्रै नेपालको माटो पनि जोगिने बताए । ‘अब हामीले स्वदेशी सरकार नै बनाएर नेपालको माटो जोगाउनु छ, विदेशीको इशारामा होइन स्वदेशी हावापानीमै चलेको सरकार बनाउनुपर्छ भन्ने हाम्रो लक्ष्य हो’ उनले भने ‘हाम्रो पार्टीको एजेण्डा नै सबैभन्दा उत्कृष्ट छ त्यसैले एकपटक माटोमा मतदान गरेर देश निर्माणमा सहयोग गरिदिनुहुन आग्रह गर्दछु ।’ उनले भनेका छन् ‘भोजपुरलाई जनताको सुखदुःखमा कहिल्यै नभेटिने नेता होइन जनताको सेवक चाहिएको छ । दिनमा होस् वा मध्यरातमा हरेक जनताको फोन उठाउने छु । जनताको आँगनमा मात्रै होइन प्रहरी प्रशासन, सिंहदरवार, अस्पताल, अदालत जहाँ भोजपुरे जनतालाई संकट पर्छ, म त्यहीँ धुलोमाटो भएर उभिने छु । हरेक भोजपुरेले ‘तपाई यहाँ आउनुहोस्’ भन्नेबित्तिकै दगुरेर पुग्ने छु । संसदमा मात्रै होइन हरेक संकटमा साथ र आवाज बन्ने छु ।’

२०४७ सालदेखि नै सक्रिय राजनीति गर्दै आएका उनले नेकपा एमालेमा धेरै वर्ष राजनीति गरेका छन् । भोजपुरको भोजपुर क्याम्पसमा दुईपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को सभापति भएका उनी ठाकुर गैरे र रामकुमारी झाँक्री अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्ष हुँदा दुइपटक केन्द्रीय सदस्य भए । माधव ढुंगेल अनेरास्ववियुको अध्यक्ष हुँदा सचिवालय सदस्य भएका थिए ।

उनले आफू पनि लामो समयदेखि राजनीतिमा लागेको हुनाले जनताको दुःखसुख बुझेको बताएका छन् । ‘यसपटक भोजपुरवासीले मलाई मतदान गरेर सहयोग गर्नुहुुन्छ भन्ने लाग्छ, हिजोको पुरानो कुरा गरेर होइन कसले विकास निर्माणमा योगदान गर्न सक्छ त्यो बुझेर मतदान गर्नुपर्ने बेला भएको छ ’ उनले भने ‘कसैको पनि भ्रममा नपरी माटो चिन्हमा मतदान गर्न आग्रह गर्दछु, माटो रहेमात्रै देश रहन्छ भन्ने बुझ्नुपर्दछ ।’

उनी आफूलाई नेताभन्दा पनि श्रमदाता भन्न रुचाउँछ् । ‘म एउटा श्रमदाता हुँ, देश निर्माणको लाथि श्रम गर्ने मेरो लक्ष्य हो ’ उनी भन्छन् । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा १ सय ९ जना उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४७

काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म...

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:३७

काठमाडौं । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...