back
himalayan life

६०८ दिन अन्तरिक्षमा बिताएकी सुनिता विलियम्सले नासाबाट लिईन अवकाश

काठमाडौं । नासाकी वरिष्ठ अन्तरिक्ष यात्री सुनिता विलियम्सले २७ वर्ष लामो सेवापछि अवकाश लिएकी छन् । नासाका अनुसार उनी डिसेम्बर २७, २०२५ देखि औपचारिक रूपमा सेवानिवृत्त भएकी हुन् ।

तीनपटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा मिसन पूरा गरेकी विलियम्सले मानव अन्तरिक्ष उडानमा उल्लेखनीय कीर्तिमान कायम गरेकी छन् । उनले अन्तरिक्षमा जम्मा ६०८ दिन बिताउँदै नासा अन्तरिक्ष यात्रीमध्ये दोस्रो सबैभन्दा धेरै समय अन्तरिक्षमा रहने कीर्तिमान बनाएकी छन् । यस्तै, एकैपटक लामो अन्तरिक्ष बसाइको सूचीमा उनी छैटौँ स्थानमा छिन् । उनले नासा अन्तरिक्ष यात्री बुच विलमोरसँगै २८६ दिन अन्तरिक्षमा बिताएकी थिइन् ।

नासाका प्रशासक जारेड आइज्याकम्यानले विलियम्सलाई मानव अन्तरिक्ष उडानकी पथप्रदर्शक भन्दै उनको योगदानको प्रशंसा गरेका छन् । “अन्तरिक्ष स्टेशनमा उनको नेतृत्व र विज्ञान–प्रविधिमा गरेको योगदानले चन्द्रमा र मङ्गलतर्फका भविष्यका मिसनका लागि आधार तयार गरेको छ,” उनले भने ।

विलियम्सले नौपटक स्पेसवाक गर्दै जम्मा ६२ घण्टा ६ मिनेट अन्तरिक्ष बाहिर काम गरिन् । यो महिलामध्ये सबैभन्दा धेरै स्पेसवाक समय हो भने समग्र सूचीमा चौथो स्थानमा पर्छ । उनी अन्तरिक्षमै म्याराथन दौडने पहिलो व्यक्ति पनि हुन् । नासाको जोन्सन स्पेस सेन्टरकी निर्देशक भानेसा विचेले विलियम्सलाई अग्रणी नेतृत्वकर्ता बताउँदै उनका उपलब्धिले भावी पुस्ताका अन्वेषकहरूलाई प्रेरणा दिने उल्लेख गरिन् । विलियम्सले सन् २००६ मा पहिलोपटक स्पेस सटल डिस्कभरीमार्फत अन्तरिक्ष यात्रा गरेकी थिइन् । त्यसपछि उनले सन् २०१२ मा कजाखस्तानको बाइकोनुर कोस्मोड्रोमबाट उडान भरी अन्तरिक्ष स्टेशनको कमाण्डरको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।

हालसालै, सन् २०२४ को जुनमा विलियम्स र बुच विलमोर बोइङ स्टारलाइनरमार्फत अन्तरिक्षमा प्रस्थान गरेका थिए । उनीहरूले एक्स्पेडिसन ७१÷७२ मा सहभागिता जनाउँदै फेरि अन्तरिक्ष स्टेशनको कमाण्ड सम्हाले । उनी मार्च २०२५ मा स्पेसएक्स क्रु–९ मिसनमार्फत पृथ्वी फर्किएकी थिइन् । अमेरिकी नौसेनाकी अवकाशप्राप्त क्याप्टेन विलियम्ससँग ४० भन्दा बढी प्रकारका विमानमा ४ हजार घण्टाभन्दा बढी उडान अनुभव छ । उनले अमेरिकन नेभल एकेडेमीबाट भौतिक विज्ञानमा स्नातक र फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनियरिङ व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन् ।

अवकाशपछि प्रतिक्रिया दिँदै विलियम्सले अन्तरिक्षलाई आफ्नो सबैभन्दा प्रिय स्थान बताइन् । “तीनपटक अन्तरिक्ष जाने अवसर पाउनु मेरो जीवनको ठूलो सम्मान हो । सहकर्मीहरूको साथ र समर्थनले नै मेरो २७ वर्षे नासा यात्रालाई सम्भव बनायो,” उनले भनिन् । उनले भविष्यमा नासा र साझेदार संस्थाहरूले चन्द्रमा र मङ्गलतर्फ नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरेकी छन् । एएनआई

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

वि.सं.२०८३ असार १७ बुधवार १०:५२

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री...

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

वि.सं.२०८३ असार १ सोमवार १२:५५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...