काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता मोहनराज रेग्मीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।
सोही क्रममा उनले मिडियाबाजी गरेर जनताको कुरा नबुझिकन बाहिरको भरमा चुनाव जित्न नचाहेको भन्दै तलसम्म समस्या बुझेर अगाडि बढ्ने बताए ।
उनले भने, ‘सिंहदरबार जलेको छ । त्यसको निर्माणको लागि पनि मेरो उम्मेदवारी हो । हामी मिडियाबाजी गरेर जनताको कुरा नबुझिकन बाहिरको भरमा चुनाव जित्न चाहदैनौ । समस्या के हो तलसम्म के छ, हाम्रो आधार के हो त्यो कुरा हामीले बुझ्नुपर्छ ।’
आज जुन विकास भएको छ त्यसमा एमालेको भूमिका सबैले बुझ्नुपर्ने भन्दै नेकपा एमालेबिनाको समृद्धि सम्भव नभएको बताए ।





















