back

प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

nactional life

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको जानकारी दिएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म २६ जिल्लाको मतदाता नामावली छपाइ सम्पन्न भएको र आजैदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको जानकारी दिए । समानुपातिकतर्फको मतपत्रमा बन्दसूची पेश गर्ने ६४ ओटा दलहरूका जम्मा ५८ ओटा चुनाव चिन्ह समावेश रहेको उनले बताए ।

उनले भने,‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको जम्मा १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको छ । नमूना मतपत्र समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो कागजमा कालो रङ्गको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ सेतो कागजमा रातो रङ्गको रहेको छ । हालसम्म २६ जिल्लाको मतदाता नामावली छपाइ सम्पन्न भएको छ । साथै आजैदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको छ । समानुपातिकतर्फको मतपत्रमा बन्दसूची पेश गर्ने ६४ ओटा दलहरूका जम्मा ५८ ओटा चुनाव चिन्ह समावेश छन् । मतदाता संख्याको आधारमा समानुपातिकतर्फ सरदर दुई करोड थान मतपत्र छपाइ गरिनेछ ।’

त्यस्तै उनले आसन्न आम निर्वाचनमा सामाजिक सञ्जालका माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने, निर्वाचनसम्बन्धी जानकारी, सूचना एवम् गतिविधि सम्प्रेषण गर्ने र सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक (गहिरो भ्रम) झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानी लगायतका विषयमा अनुगमन गरी गैरकानुनी कार्यलाई कानुन बमोजिम दण्डित गर्न नियामक निकायहरूसँग सहकार्य गर्ने नीति आयोगले लिएको पनि बताए । उनको अनुसार यसै सन्दर्भमा यो हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको छ भने मेटा, टिकटक, एक्स (ट्वीटर) लाई पत्राचार समेत आयोगले गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...