back

अमेरिकाको भिसा आवेदन दिँदा अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

nactional life

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १/बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।

नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा राष्ट्रियताका व्यक्तिहरू, जो बी १/बी२ भिसाका लागि अन्य सबै हिसाबले योग्य ठहरिन्छन, उनीहरूले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको धरौटी (बन्ड) राख्नुपर्नेछ । धरौटीको रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले निर्धारण गर्नेछन् । भिसा बन्ड राख्नका लागि आवेदकले अमेरिकी गृह सुरक्षा विभागको फर्म समेत बुझाउनुपर्नेछ ।

साथै, आवेदकले अमेरिकी कोष विभागको अनलाइन भुक्तानी प्रणाली मार्फत बन्डको रकम तिर्न सहमति जनाउनुपर्ने व्यवस्था गरिएको छ । यो नियम भिसा आवेदन कहाँबाट दिइएको हो भन्ने कुरासँग असम्बन्धित रूपमा लागू हुने जनाइएको छ ।

अधिकारीहरूले भिसा बन्ड तिरेको आधारमा भिसा स्वीकृत हुन्छ भन्ने ग्यारेन्टी नहुने स्पष्ट गरेका छन्। कन्सुलर अधिकृतको निर्देशनबिना शुल्क तिरेको अवस्थामा उक्त रकम फिर्ता नहुने पनि उल्लेख गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...