back

बैंकिङ्ग क्षेत्रमा पैसा थुप्रिने क्रम जारी : राष्ट्र बैंकले फेरि जारी गर्यो २५ अर्बको ऋणपत्र

nactional life

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा पैसा थुप्रिने क्रम नरोकिँदा नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस १६ गते २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ ।

केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्ने भएकोले हो ।

राष्ट्र बैंकले निष्काशन गरेको सो ऋणपत्रको नाम नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ रहेको छ । सो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा भुक्तानी २०८३ पुस १६ गते र ब्याज भुक्तानी अर्धवार्षिक हुने केन्द्रीय बैंकले जनाएको छ ।

ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । यस ऋणपत्रको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सहभागी हुन पाउने छन् ।

आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले गत पुस १४ गते पनि केन्द्रीय बैंकले २५ अर्बको १ वर्षे नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...