back

पुस ७ गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स,प्रतिशेयर मूल्य कति ?

सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो

nactional life

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको प्रि अटलमेन्टपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

रिलायन्स स्पिनिङ्ग मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ। कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ।

यस कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण हुन् भने प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन्। कम्पनीको मुल उद्योग ‘ए’ ईटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ भने शाखा उद्योग ‘बि’ ईटहरी नगरपालिका वडा नं. ४ दुहाबि, सुनसरीमा रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:४७

काठमाडौं ।सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३१

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु...