back
himalayan life

गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण नयाँ अध्यक्ष

काठमाडौं । नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक घराना गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन भएका छन् । ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले अब ६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्नेछन् । नेतृत्वमा उनको चयनलाई गोल्याण ग्रुपभित्र नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको विश्लेषण गरिएको छ ।

ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्‌नो वार्षिक उत्सवको अवसरमा यस्तो घोषणा गरिएको जनाएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्याणले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरेका थिए । ‘अक्षय गोल्याण अब ग्रुपको अध्यक्ष र प्रवन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ, कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्याण ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ,’ ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रैद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । ६ दशक लामो इतिहास बोकेको ग्रुपमा करिब १० हजार कर्मचारी कार्यरत छन् । ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । नेपालको आर्थिक आत्मनिर्भरतामा टेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आएको ग्रुपको शीर्ष नेतृत्वमा युवा पुग्नुले मुुलुकको आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ । ‘यो केबल पदभार ग्रहणमात्र होइन, यो एउटा विरासतलाई आधुनिक युगमा रुपान्तरण गर्ने जिम्मेवारी पनि हो,’ जिम्मेवारी ग्रहणपश्चात अध्यक्ष गोल्याणले भनेका छन्, ‘गोल्याण ग्रुपलाई अब नेपालको सिमानाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित गर्न प्रतिवद्ध छौं । हाम्रो ध्यान अब नवप्रवर्तन, दिगो विकास र संस्थागत सुशासनमा केन्द्रित हुनेछ ।

अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको इसेड यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका छन् । अध्ययन पश्चात ९ वर्षदेखि ग्रुपको प्रवन्ध निर्देशक रहेका उनले ग्रुप अन्तर्गतका अन्य कम्पनीहरुलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५२

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...