back
himalayan life

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ ‘ट्रम्प गोल्ड कार्ड’ कार्यक्रम सुरु गरेका छन् । जसले विद्यमान ग्रीन कार्डभन्दा बढी सुविधा प्रदान गर्ने बताइएको छ ।
ह्वाइटहाउसमा बुधबार भएको एक गोलमेच कार्यक्रममा ट्रम्पले यस्तो घोषणा गर्दै यो कार्यक्रम आजदेखि औपचारिक रूपमा लागू भएको बताएका छन् । ट्रम्पका अनुसार यो गोल्ड कार्डले ठूलो शुल्क तिर्ने विदेशी नागरिकलाई छिटो भिसा दिलाउने व्यवस्था मिलाइएको छ ।

ट्रम्पले भने, “हामीले अहिले मात्र ट्रम्प गोल्ड कार्ड सुरु गरेका छौँ । करिब ३० मिनेटपछि वेबसाइट सञ्चालनमा आउनेछ, र यसबाट उठ्ने सबै रकम अमेरिकी सरकारको कोषमा जानेछ ।” उनका अनुसार गोल्ड कार्ड केही हिसाबले ग्रीन कार्डजस्तै भए पनि यसले धेरै अतिरिक्त अधिकार दिनेछ ।
उनले विदेशी विद्यार्थीले अमेरिका छोड्नुपर्ने अवस्थालाई रोक्न यो कार्यक्रम उपयोगी हुने दाबी गर्दै भने,“कम्पनीहरूले यो कार्ड खरिद गरेर विश्वविद्यालयबाट स्नातक भएका व्यक्तिलाई अमेरिकामै राख्न सक्नेछन् । भारत, चीन, फ्रान्स वा अन्य देशमा फर्किनुपर्ने विद्यार्थीहरू अब अमेरिकामा बस्न सक्नेछन् । यसका कारण कम्पनीहरू पनि अत्यन्तै सन्तुष्ट हुनेछन् ।

टिम कूकजस्ता उद्योगीका नेताहरूले यो समस्याबारे धेरै बोलेका थिए, अब यो समस्या समाधान हुनेछ ।” उनले यस कार्यक्रममार्फत अमेरिकाको राजस्वमा अर्बौँ डलर संकलन हुने विश्वसनीयता प्रकट गरे ।

ट्रम्पले फेब्रुअरीमै यो कार्यक्रमको अवधारणा सार्वजनिक गरेका थिए र सेप्टेम्बरमा उनले यसको कार्यान्वयनका लागि कार्यकारी आदेश जारी गरेका थिए । नयाँ व्यवस्थाअनुसार विदेशी नागरिकले १० लाख अमेरिकी डलर तिरेर आफ्नो भिसा आवेदन छिटो प्रक्रियामा लैजान सक्नेछन् ।

जबकि अमेरिकी कम्पनीहरूले २० लाख अमेरिकी डलर तिरेर आफ्नो आवश्यकताअनुसार विदेशी कामदारलाई स्पोन्सर गर्न सक्नेछन् । फेब्रुअरीमा ट्रम्पले गोल्ड कार्डको मूल्य ५० लाख अमेरिकी डलर राख्ने प्रारम्भिक प्रस्ताव गरेका थिए । जसले ग्रीन कार्डका सबै सुविधा मात्र होइन, अमेरिकी नागरिकता प्राप्त गर्ने मार्ग पनि खोलिदिने उनले बताएका थिए । ट्रम्पका अनुसार धनी व्यक्तिहरू यो कार्ड खरिद गरेर अमेरिका आउन आकर्षित हुनेछन् ।
एएनआई

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४४

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न...

चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३२

काठमाडौं । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा...

बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२८

विराटनगर । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...